www.supremenewsnepal.com: Politics
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts

स्थानीय निकायको निर्वाचन तत्काल नगर्न माग

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:27 PM

काठमाडौँ, २९ फागुन । एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीले स्थानीय निकायको निर्वाचन नयाँ संविधान निर्माण भएपछि मात्र गर्नुपर्नेमा जोड दिएका छन् ।
दुवै दलका शीर्ष नेताहरु सम्मिलित बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा अन्तरिम संविधानको धारा १३८ ले गरेको व्यवस्थाअनुसार राज्यको अग्रगामी पुनःसंरचनालाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइएको छ ।
केही दिनयता सरकारमा रहेका कतिपय मन्त्री र दलका नेताहरुद्वारा जेठ महिनामा स्थानीय निर्वाचन गर्ने भनी दिइएको अभिव्यक्तिप्रति ध्यानाकृष्ट भएको जनाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले सङ्घीय संविधान नबन्दै सङ्क्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ सङ्घीय संविधान निर्माणमा गम्भीर प्रश्न उठेको बताउनुभएको छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्तरिम संविधान–२०६३ को धारा १३८ विपरीत हुने भएकाले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनी हामी सम्बद्ध सबै पक्षसँग जोडदार आग्रह गर्दछौँ ।”
उहाँहरुले बृहत् शान्ति–सम्झौताको मर्म र भावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँताई दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दमन–धरपकड गर्ने र कारागारमा राख्ने काम भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो सम्झौताअनुसार सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर समस्या समाधान गर्न तदारुकता देखाउन माग गर्नुभएको छ ।
उहाँहरुले युद्धकालीन मुद्दा ब्युँताउने कामको विरोध एवम् भत्र्सना गर्दै त्यस्ता क्रियाकलाप अविलम्ब रोक्न तथा गिरफ्तार गरिएकालाई रिहाई गर्न सरकारसँग माग गर्नुभएको छ । रासस

संविधानसभामा नियमावली मस्यौदा पेस

काठमाडौँ, २९ फागुन । संविधासभाको आजको बैठकमा ‘संविधानसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७०’ पेस गरिएको छ ।
मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन बैठकमा पेस गर्नुभएको हो ।
सो मस्यौदामा संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति, संविधान लेखन तथा निक्र्यौल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिसमेत पाँच वटा समिति गठन गर्न प्रस्ताव गरिएको छ ।
अघिल्लो संविधानसभाका काम कारबाहीलाई हेरेर अनुभवका आधारमा समितिको सङ्ख्या पाँच कायम गरिएको समितिका सभापति कर्णले जानकारी दिनुभयो ।
समितिको मस्यौदालाई सर्वसम्मत रुपमा पारित गराउन समितिले धेरै प्रयास गरेकामा अन्ततः त्यो प्रयासले सार्थकता प्राप्त गरेको उहाँले बैठकमा उल्लेख गर्नुभयो ।
संविधानसभाको काम कारबाही र संविधान लेखन कार्यलाई एक वर्षभित्र पूरा गर्ने सन्दर्भमा अत्यन्तै महत्वपूर्ण र संविधान लेखनको प्रारम्भ बिन्दुका रुपमा रहने नियमावली मस्यौदा समिति निर्माणका लागि फागुन २९ गते संविधानसभाले ४९ सदस्यीय नियमावली समिति गठन गरेको थियो ।
सो समितिले हिजोमात्रै आफ्नो प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाएको थियो ।
संविधानसभाको अर्को बैठक आगामी चैत ५ गते बुधबार बिहान ११ बजे बस्ने छ । रासस

छ जना सचिवमा बढुवा, मन्त्रीहरुले दुईतीन दिनमै सम्पत्ति सार्वजनिक गर्ने

काठमाडौँ, २९ फागुन । मन्त्रीपरिषद्को आजको बैठकले डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिदैँ सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरु संसद्मा प्रस्तुत गर्ने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को १५ दिनअघि बसेको बैठकले मन्त्रीहरुको सम्पत्ति १५ दिनभित्र सार्वजनिक गर्ने भनेकामा अबको दुई÷तीन दिनभित्र सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने मन्त्री डा. रिजालले बताउनुभयो ।
“मन्त्रीहरुको सम्पत्ति विवरण मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने क्रम लगभग सकिएको छ, बेग्लाबेग्लैभन्दा एकैचोटि सार्वजनिक गर्ने सोचअनुरुप दुई÷तीन दिनभित्र वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक हुन्छ,” मन्त्री डा. रिजालले भन्नुभयो ।
बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम पनि परिमार्जनसहित पारित गरेको छ । सो कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने तयारीमा सरकार छ ।

संबिधान कसले जारी गर्ने भन्ने बिबाद अनुपयुक्त : ज्ञवाली

Written By नवराज "अटल" on Tuesday, March 4, 2014 | 11:52 AM

नारायण खड्का
yubraj-gynwali२० फागुन, दाङ । नेकपा एमालेका सचिब युवराज ज्ञवालीले संबिधान कसले प्रमानिकरण गर्ने बिबाद झिक्नु उपयुक्त नभएको वताएका छन् । उनले अन्तरिम संबिधानमा व्यवस्था भएअनुरुप संबिधान जारी हुने भएकोले अनावश्यक कुरामा विवाद झिक्न नहुने वताएका हुन् ।
 
रिपोर्टसै क्लब नेपाल दाङले मंगलवार तुलसीपुरमा ज्ञवालीले संबिधान राष्ट्रपति वा संबिधान सभाका अध्यक्ष कसले जारी गर्ने भन्दा पनि एक वर्षभित्र संबिधान जारी गर्ने कुरा महत्वपूर्ण रहेकोले अनावश्यक कुरामा बिबाद झिक्दा शोभनिय नहुने वताए । उनले अबको १० देखि ११ महिनाभित्र संबिधान जारी गर्ने किसिमबाट गृहकार्य हुनुको साटो अनावश्यक सवाल उठाएर बिबाद झिक्न नहुने बताए ।
 
संबिधान सबै पार्टीको साझा दस्ताबेज भएको उल्लेख गर्दै ज्ञवालीले सबै पार्टीको सहमतिमा संबिधान बन्नु पर्नेमा जोड दिए । विवादित बिषयहरुमा अब गम्भीर छलफल थालेर संबिधान जारी गर्न गृहकार्यमा जुट्नुको साटो बिषयान्तर हुने गरी छलफल र बिबाद झिक्नु प्रतिउत्पादक हुने ज्ञवालीको भनाई थियो ।
 
महाधिबेशन जेठ ३ मा गर्ने वा केहिले गर्ने भन्ने टुङगो केन्द्रीय कमिटिले लगाउने उल्लेख गर्दै ज्ञवालीले महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अगाडि बढ्ने दाबी समेत गरे । ठूलो पार्टीमा गुटउपगुट देखिनु सामान्य भएपनि महाधिबेशनसम्म यहि गुटउपगुट कायम रहन्छन् भन्ने आधार नरहेको ज्ञवालीको भनाई थियो ।
 

अधिकारी दम्पत्ति जीवन रक्षा गर्न केसीको माग

Written By नवराज "अटल" on Monday, March 3, 2014 | 3:46 PM

१९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सभासद अर्जुननरसिंह केसीले एक सय २९ दिनदेखि आमरण अनशनमा बसिरहेका अधिकारी दम्पत्तिको जीवन रक्षाका गर्न सरकारसँग माग गरेका छन् । सोमवार व्यवस्थापिका संसदको बैठकको सुरुमै समयमाग गरी केसीले आफ्नो छोराका हत्यारामाथि कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसाद र गंगामाया अधिकारीको अवस्था नाजुक भएको भन्दै तत्काल जीवन रक्षा गर्न माग गरेका हुन् । केसीले भने,’अधिकारी दम्पत्ति अनसन बसेको १ सय २९ दिन भइसक्यो । तर उनीहरुको माग पूरा हुन सकिरहेको छैन । सरकारले यसवारे जानकारी सदनलाई दिनुपर्‍यो ।’उनले अधिकारी दम्पत्तिको माग पूरा गर्ने विषयमा गत भदौ २२ गते सरकार र पीडित पक्षसँग भएको सहमति कार्यान्वय भयो कि भएन र सहमति कार्यान्वयन कहाँ पुग्यो यसवारेमा जानकारी सदनलाई सरकारले दिनुपर्ने वताए ।
 

औद्योगिक विकास नभएसम्म देशको विकास हुन नसक्ने : देउवा


sher bahadur dewbaदाङ, १८ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले औद्योगिक विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा भेटघाट कार्यक्रममा नेता देउवाले नेपालमा पर्यटन, जलविद्युत्लगायतको प्रसस्त सम्भावना रहेकाले त्यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला त देशको नियम कानुन बन्नु आवश्यक छ, त्यसका लागि समयमै संविधान निर्माण हुन जरुरी छ, त्यसपछि उद्योगी व्यापारी तथा सबै क्षेत्रको विकास हुनेछ ।”
सो अवसरमा उद्योगी व्यापारीहरूले नेता देउवा र यस क्षेत्रका सभासद्सँग दाङको समग्र विकासका लागि पहल गर्न आग्रह गरेका थिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य दीपेन्द्रकुमार खत्रीले तुलसीपुरमा रहेको विमानस्थलको स्तरवृद्धि, इन्धन डिपो स्थापना, अञ्चल अस्पतालको विकास र तुलसीपुरमा नापी र मालपोत शाखाको स्थापनामा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

सहमति नभए एक वर्षमा संविधान निर्माण हुन नसक्ने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले ठूला दलहरूबीच सहमति नभए एक वर्षमा संविधान निर्माण हुन नसक्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधान निर्माण गर्ने हो भने नेकपा(एमाले) र एकीकृत नेकपा (माओवादी) सहमतिमा आउनुपर्ने बताउनुभयो ।
उहाँले अघिल्लो संविधानसभाले राजतन्त्रको अन्त्य र हतियार व्यवस्थापनका साथै महत्वपूर्ण काम गरेको भन्दै त्यसको पनि स्वामित्व ग्रहण गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सो कार्यक्रममा नेकाँ केन्द्रीय सदस्य एवम् सभासद् दीपक गिरीले सबै दललाई सहमतिमा ल्याई संविधान निर्माण गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो ।

प्रधानमन्त्री सुशील कोइराला म्यानमार प्रस्थान

Written By नवराज "अटल" on Sunday, March 2, 2014 | 3:39 PM

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को तेस्रो शिखर सम्मेलनमा भाग लिन आइतबार म्यान्मा प्रस्थान गर्नुभएको छ ।
sushil-koirala
प्रधानमन्त्री कोइराला १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री कोइरालालाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, संविधानसभा अध्यक्ष, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा उच्च सरकारी अधिकारीहरु पुग्नुभएको थियो ।
विमानस्थलमा सञ्चाकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भ्रमण महत्वपूर्ण र परिणाममुखी हुने बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध भारत, बङ्गलादेश, भुटान र श्रीलङ्का तथा दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)का सदस्य थाइल्यान्ड र म्यान्मा सम्मिलित उपक्षेत्रीय सङ्गठन बिम्स्टेकका राष्ट्र÷सरकार प्रमुखसँग सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट हुने द्विपक्षीय भेटवार्ता र छलफल नेपालको आर्थिक विकास एवम् पारस्परिक लाभ र साझा चासोका विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्ने उपयुक्त अवसर हुने विश्वास गरिएको छ ।

वामदेवबारे एकमत छौं : एमाले नवौं महाधिवेशन वैसाखमा नहुने

Written By Ram Gurung on Thursday, February 20, 2014 | 11:02 PM

८ फागुन, काठमाडौं ।
 नेकपा एमाले स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री बनाउने निर्णयमा अडिग रहने निर्णय गरेको छ ।
सुशील कोइराला नेतृत्वको सरकारमा उपाध्यक्ष गौतमलाई पार्टीको तर्फबाट नेतृत्व गराउने यसअघिको स्थायी कमिटीको निर्णय यथावत राख्दै स्थायी कमिटीले सात बुँदे सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान पुनः दोहोर्‍याएको छ ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको स्थायी कमिटीको बैठकले शनिबार बस्ने केन्द्रीय कमिटीको बैठकका लागि एजेन्डा पनि तय गरेको छ ।
उपाध्यक्ष गौतमलाई सरकारमा पठाउने विषयमा पार्टीका नेताहरुबीच मतभेद र विवाद रहेको कुरा बाहिर आएपछि स्थायी कमिटी बैठकले त्यसबारे कुनै मतभेद नभएको निष्कर्श निकालेको छ ।
‘सरकार निर्माणका लागि कांग्रेससाग भएको ७ बुादे सहमति कार्यान्वयन भएमात्र सरकारमा जाने निर्णय भएको छ’, एमाले सचिव शंकर पोखरेलले भने, ‘वामदेव गौतमलाई सरकारमा पठाउने बारेमा पार्टी भित्र कुनै मतभेद रहेको निष्कर्श पनि निकालिएको छ ।’
उपाध्यक्ष गौतमलाई गृहमन्त्री हुनबाट रोक्न पार्टीकै केही जिम्मेवार नेताहरु लागिरहेको कुरा सञ्चारमाध्यममा आइरहेका बेला स्थायी कमिटीको बैठकले गौतमलाई सरकारमा पठाउने निर्णयबारे नेताहरुले एकमत जाहेर गरेका थिए ।
पार्टीको नवौं महाधिवेशनको मिति वैसाखबाट पछि सार्ने निष्कर्श स्थायी कमिटी बैठकले निकालेको छ । एक महिनाअघि बसेको स्थायी कमिटी बैठकले वैसाख ९ बाट काठमाडौंमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
शनिबार बस्ने केन्द्रीय कमिटीमा बैठकमा महाधिवेशन पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको स्मृति दिवस जेठ ३ गते उद्घाटन गर्ने प्रस्ताव लाने निष्कर्श स्थायी कमिटीले निकालेको छ ।
एमालेभित्र पार्टीको नवौं महाधिवेशनअघि देशमा स्थानीय निकायको चुनाव गर्नुपर्ने आवाज सशक्त हुादै गएको छ । पहिले स्थानीय निकायको चुनाव गरेरमात्र पार्टीको महाधिवेशन गर्न कार्यकर्ताबाट पनि दबाब आएपछि महाधिवेशनको मिति पछि सार्ने निष्कर्शमा एमाले पुगेको हो ।
शनिबार बस्ने केन्द्रीय कमिटि बैठकले महाधिवेशनबारे ठोस निर्णय गर्ने बताइएको छ । एमालेले महाधिवेशनका लागि अहिलेसम्म वामदेव गौतमको संयोजकत्वमा विधान मस्यौदा समितिमात्र गठन गर्न सकेको छ । महाधिवेशन आयोजक समिति निर्माणसम्बन्धी निर्णय पनि शनिबार बस्ने केन्द्रीय कमिटि बैठकले टुंगो लाउने बताइएको छ ।

स्थानीय समाचार

See More News »

राष्ट्रिय समाचार

See More News »
 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi