छ जना सचिवमा बढुवा, मन्त्रीहरुले दुईतीन दिनमै सम्पत्ति सार्वजनिक गर्ने - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » छ जना सचिवमा बढुवा, मन्त्रीहरुले दुईतीन दिनमै सम्पत्ति सार्वजनिक गर्ने

छ जना सचिवमा बढुवा, मन्त्रीहरुले दुईतीन दिनमै सम्पत्ति सार्वजनिक गर्ने

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:24 PM

काठमाडौँ, २९ फागुन । मन्त्रीपरिषद्को आजको बैठकले डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिदैँ सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरु संसद्मा प्रस्तुत गर्ने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को १५ दिनअघि बसेको बैठकले मन्त्रीहरुको सम्पत्ति १५ दिनभित्र सार्वजनिक गर्ने भनेकामा अबको दुई÷तीन दिनभित्र सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने मन्त्री डा. रिजालले बताउनुभयो ।
“मन्त्रीहरुको सम्पत्ति विवरण मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने क्रम लगभग सकिएको छ, बेग्लाबेग्लैभन्दा एकैचोटि सार्वजनिक गर्ने सोचअनुरुप दुई÷तीन दिनभित्र वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक हुन्छ,” मन्त्री डा. रिजालले भन्नुभयो ।
बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम पनि परिमार्जनसहित पारित गरेको छ । सो कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने तयारीमा सरकार छ ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi