अधिकारी दम्पत्ति जीवन रक्षा गर्न केसीको माग - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » अधिकारी दम्पत्ति जीवन रक्षा गर्न केसीको माग

अधिकारी दम्पत्ति जीवन रक्षा गर्न केसीको माग

Written By नवराज "अटल" on Monday, March 3, 2014 | 3:46 PM

१९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सभासद अर्जुननरसिंह केसीले एक सय २९ दिनदेखि आमरण अनशनमा बसिरहेका अधिकारी दम्पत्तिको जीवन रक्षाका गर्न सरकारसँग माग गरेका छन् । सोमवार व्यवस्थापिका संसदको बैठकको सुरुमै समयमाग गरी केसीले आफ्नो छोराका हत्यारामाथि कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसाद र गंगामाया अधिकारीको अवस्था नाजुक भएको भन्दै तत्काल जीवन रक्षा गर्न माग गरेका हुन् । केसीले भने,’अधिकारी दम्पत्ति अनसन बसेको १ सय २९ दिन भइसक्यो । तर उनीहरुको माग पूरा हुन सकिरहेको छैन । सरकारले यसवारे जानकारी सदनलाई दिनुपर्‍यो ।’उनले अधिकारी दम्पत्तिको माग पूरा गर्ने विषयमा गत भदौ २२ गते सरकार र पीडित पक्षसँग भएको सहमति कार्यान्वय भयो कि भएन र सहमति कार्यान्वयन कहाँ पुग्यो यसवारेमा जानकारी सदनलाई सरकारले दिनुपर्ने वताए ।
 
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi