सम्मान तथा ज्ञापन पत्र हस्तान्तरण - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » सम्मान तथा ज्ञापन पत्र हस्तान्तरण

सम्मान तथा ज्ञापन पत्र हस्तान्तरण

Written By नवराज "अटल" on Sunday, March 2, 2014 | 1:08 AM

दिल कुमार श्रेष्ठ दोहा / कतारको सामाजिक गतिबिधिमा बिशेष चासो राख्दै अहम भूमिका निर्वाह गर्दै आएको पर्बत युवा सेवा समाज कतारले भर्खर मात्र सम्पन्न संबिधान सभाको निर्वाचनमा पर्बत क्षेत्र नं. १ बाट विजय हासिल गरि संसदीय सभाका सदस्य तथा माननीय सभासद श्री अर्जुन प्रसाद जोशी ज्यू कतार आएको मौका छोपी एक कार्यक्रमका गर्दै सम्मान साथमा सस्थाको प्रगति प्रतिवेदन तथा ज्ञापन पत्र हस्तान्तरण गरेको छ l

सस्थाका अध्यक्ष श्री पूर्ण बहादुर नेपाली को सभापतित्व मा सम्पन्न कार्येक्रम मा प्रमुख अतिथिको रुपमा गरेको कार्येक्रममा माननीय सभासद श्री अर्जुन प्रसाद जोशी रहनु भएको थियो भने बिशेष अतिथिमा सस्थाका सस्थापक श्री भूपति भट्टराई , प्रमुख सल्लाहकार श्री चिन्तामणि पौडेल र उपाध्यक्ष श्री राम प्रसाद भुसाल रहनु भएको थियो l
सस्थाका उपाध्यक्ष श्री राम प्रसाद भुसाल ज्युको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रममा स्वागत मन्तब्यका क्रममा बोल्दै सस्थाले गरेका सम्पूर्ण जानकारी दिई आफुहरुले माननीयबाट नै सम्पूर्ण कुरा को जानकारी सुन्ने रहर ब्यक्त गर्नु भएको थियो l 
 सस्थाका सस्थापक तथा प्रमुख सल्लहाकार ज्यू बाट पनि त्यही कुरा दोहोरी रहदा सम्पूर्ण पर्बतबासीहरुमा उहा प्रति कति आशा र भरोसा गरेका रहेछन भन्ने कुरा प्रस्ट थाहा हुन्छ l सम्पूर्ण उपस्थित पर्बतबासीहरुको प्रतिक्षालाई हटाउदै कार्यक्रम संचालकको निमन्त्रणामा मंचमा माननीय ज्युको आगमन संगै तालीले स्वागत गर्दै सम्पूर्ण सभाहलनै गुन्जायमान भैरहेको थियो l
उहाको एक एक सेकेन्ड महत्व पूर्ण रहदा पनि उहाले पर्बत युवा सेवा समाज कतारले उठाएका माग हरुलाई गाउँ जिल्ला हुदै राष्ट्रिय स्तर मा नै पुराउदै आफ्नो तर्फा बाट कुनै कसर बाकी नराख्ने बताउनु भएको थियो l प्रतिनिधि सभामा ३ पटक सम्म निर्बाचित हुदै ह्याट्रिक नै बनाउने सम्पूर्ण पर्बत बासीहरुमा धन्यवाद दिदै पहिले स्थानीय र आफ्नो क्षेत्र विकास मा बिसेश जोड दिएको कुरा गर्दै आउदा दिन मा सम्पूर्ण जिल्लाको प्रतिनिधित्व भूमिका निर्वाह गर्दै पर्बत जिल्लाका ५५ओटै गाबिसको निम्ति जस्तो सुकै भूमिका निर्वाह गर्न पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो l
 विदेश मा रहेर पनि आफ्नो गाउँ छिमेक र जिल्ला को बारेमा जानकारी राख्दै आफुलाई घचघच्यानु भएको मा सम्पूर्ण पर्बत युवा सेवा समाज कतार परिवारलाई धन्यवाद ब्यक्त गर्दै आउदा दिन हरुमा पनि यस्तै अपेक्षाको कामना गर्नु भएको थियो l भने आफु विदेश बिभाग प्रमुख रहेको र आउदा दिन मा पनि कुनै पनि विदेशको भ्रमण मा रेहेको बेला या कुनै पनि समयमा कतार बसाईलाई लम्ब्याउदै सम्पूर्ण पर्बतबासीहरुमा अर्को अर्को पटक पनि सल्लाह सुझाब लिने अपेक्षा राख्नु भएको थियो l
अन्त्यमा उपस्थित जनमासबाट उठेका प्रश्न उचित जवाफ दिदै आउदा दिन हरुमा पनि आफुलाई यसरी नै घचघच्यान अनुरोध गर्दै आफ्नो मन्तब्य समाप्त गर्नु भएको थियो l अन्त्यमा सभापति ज्यु बाट कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउन सहयोग पुराउने सम्पूर्ण सहयोगी मित्र संघ सस्था तथा उपस्थित सम्पूर्ण पर्बत बासीहरुमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो l

 साथमा पर्बत युवा सेवा समाज कतारले माननीय सभासद श्री अर्जुन प्रसाद जोशी ज्युलाई बुझाएको ज्ञापन पत्र यस प्रकार रहेको छ l

माननीय सदस्य “अर्जुन कुमार जोशी ज्यू “ संबिधानसभा तथा वेबस्थापिका संसद क्षेत्र नं. १ बिषय :-


 बिध्यमान समस्याहरुका बारेमा ज्ञापन पत्र, महोदय, बैदेशिक रोजगार को निम्ति रहेका नेपालीहरुको बिध्यमान समस्याहरुका साथै पर्बत जिल्लाका अन्तर्गत रहेका अन्तिरिक समस्या समाधानको आवश्यक पहल निम्ति ध्यानाकर्षण गराउन चाहन्छ l पर्बत जिल्लाको समसामयिक विषयका सम्बन्धमा लामो समय सम्म देश्कोनिती निर्माण तथा जिम्मेवार ठाउँमा रहेकाले जिल्लाका विभिन्न बिषयमा माननीय ज्युको ध्यानाकर्सन गर्न चाहन्छौ l विभिन्न श्रोत तथा प्राकृतिक सुन्दरताले सम्पन्न हाम्रो जिल्ला क्षेत्रफलका आधारमा सानो भए पनि प्राकृतिक तथा धार्मिक हिसाबले बिबिधता तथा सामाजिक हिसाबले अत्यन्तै सलिन जिल्ला हो भन्दा हामीले गर्ब गर्ने गरेका छौ l शिक्षा ,स्वास्थ्य तथा यातायातका हिसाबले सुगम जिल्ला भएपनि देशको राजनैतिक अस्थिरता का गैरजिम्मेवारी राजनीतिकर्मीका कारण जुन गति मा बिकाश हुनु पर्ने थियो त्यसो हुन नसकेको यथार्थता यहाले पनि राम्रो संग बुझेकोकुरा हो l एस्तो अवस्थामा विगत १५ बर्ष देखि जनता का निर्बाचित प्रतिनिधिको रुपमा माननीय ज्युको समेत दाईत्व र जिम्मेवारी थियो र हो भन्ने कुरा आम जिल्लाबाशी को बुझाई हो तर खास गरि आगामी दिन मा जिल्लाको समग्र बिकाशमा यंहाकोभूमिका ससक्त होस् भनि पर्बत युवा सेवा समाज कतार ले सम्भावित बिकाशका विभिन्न क्षेत्रहरुको बिषयमा जानकारी गराउने जमर्को गरका छौ l यातायातको क्षेत्रमा तत्कालिन श्री ५ को सकारको समय मा निमार्ण भइ संचालन मा रहेको पोखरा बाग्लुंग राजमार्गको नयापुल-माल ढुंगा सडक खण्ड आहिले पनि साबिक अबस्थामा नै संचालन मा रहेको अझ भनौ बाटोको स्तर तल झरेर बर्षादको समयमा यातायातमा समेत बाधा पुग्ने गरेका ले यहा मार्फत सरकार जिल्ला बिकाश समिति तथा सम्बन्धित पक्षको ध्यान जओस भन्न चाहन्छौ l सरकार ले बहुआयामिक रास्ट्रिय महत्वको आयोजना भनेर अगाडी बढाएको कलि गण्डकी करिडोर ( उत्तर दक्षिण राजमार्ग )को पर्बत खण्डको कम अरु पुरा नहुनुमा जिल्लाको राजनीतिक पार्टीहरुको गैरजिम्मेवारी पन महत्वकंक्षा हाभी भएकोले सम्बन्धित पक्षसंग छलफल गरि तुरुन्त उप्त कार्य सुचारु गरियोस भनि यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानक्रसर्ण गराउन चाहन्छौ l
जिल्लाको दक्षिण भेगलाई सदरमुखकाम संग जोड्ने दोभिल्ला ग्यांदी फलावास कुर्घा हुदै हुवास त्रिवेणी मोटर बाटोको स्तर उन्नति गरि कालोपत्रे गर्ने सम्बन्धमा l पोखरा कर्किनेता थापाठाना , संकरपोखरी, फलेवास ,मोटर बाटो लै नियमित यातायात संचालन गर्न तथा गराउनका लागि यातायात व्यवसायी हरुको टक्करको कारण बाटो बनेको दसक सम्म पनि सम्बन्धित क्षेत्रबाट कुनै पहल नभएकोले माननीय ज्यू मार्फत सम्बन्धित छेत्रको ध्यानक्रसर्ण गराउन चाहन्छौ l जिल्लाको दक्षिण भेगलाई मिर्मि हुदै वालिंग सम्म नियमित यातायातको संजाल मा जोड्ने सके उप्त क्षेत्रको बिकाश ले फड्को मर्ने कुरामा दुइमत छिन तर आहिले सम्म त्येसो हुन नसकेको ले माननीय मार्फत कदम चालियोस भन्ने हाम्रो चाहना हो l आजको एक्काइसौ सताब्दिमा पनि हामीले यातायातको साधनको अभाबमा ज्यान गुमाउन पर्ने अवस्था अथवा खोला ले बगाउने तथा बाढी पहिरो ले पुरिने क्रमलाइ रोकेर सम्पूर्ण जनताको ज्यू ज्यानको रक्षाको निम्ति अनगन्ती खोलाहरुमा झोलुंगे पूलको बनाउनु पर्ने तथा बनेका पुल हरुको मर्मत सम्भर तर्फ स्थानीय प्रसासन तथा जिल्ला बिकाश समितिको ध्यान जाओस भनि हजुर मार्फत जोडदार आवाज उठाउन चाहन्छौl
कृषि क्षेत्रका सम्बन्धमा l साकारले केन्द्रिय तहबाटैअनुमोदन गरि सुरुवात गरेको एक गाउँ एक खेति कार्यक्रमलाई जिल्लामा पनि लागु गर्दै सम्भावित क्षेत्रको अध्यान गर्दै त्यस तर्फ कदम चल्न सके समग्र कृषि तथा जिल्लाको बिकाश मा टेवा पुग्ने थियो l तेसैले सम्भावित क्षेत्रको जानकारि गराउन चाहन्छौ l देउपुर बझुंग लगाएतका गाबिस हरुलाई सुन्तला क्षेत्र का रुपमा बिकाश गर्न , मल्लाज माझ फाट धाईरिंग , बासखर्क लाइ आलु उत्पादनका लागि प्याकेज क्षेत्रका रुपमा स्थापना गरि कार्यन्वयन गर्न सके जिल्लालाई आलुका l अगी आत्मनिर्भर बनाउन सकिने कुरा मा दुइ मत छैन l संकरपोखरी, थापाठाना , तिलहर , चित्रे लगाएतका गाबिस हरुलाई कफी उत्पादनका रुपमा बिकाश गर्न गराउन , भंगारा ,लिमिठाना ,ठानामौला , गाबिस हरुमा अधुवा उत्पादन का लागि परिचित क्षेत्र हुन् तिमीहरुको उचित बेबस्थापन गर्ने गरि किशन हरुलाई बिउ बिजन मल तथा आवस्यक प्राबिधिक ज्ञान दिलाउनको लागि जिल्ला कृषि बिकाश कार्यलय मार्फत पहल गर्नु हुनेछ l भन्ने हाम्रो आशा छ l धान उत्पादनका लागि उपुक्त क्षेत्र हरु पांग , कटुवा चौपारी फलेवाश कुर्घा बेहुलिवास रानीपानी त्रिबेणी हुवास मा सिचाई तथा प्राबिधिक केन्द्र स्थापना गरि युवा जनसक्ति लाइ त्यस तर्फ केन्द्रित गर्न सके बेरोजगारी मा कमि आउने तथा युवा पलायन लाई रोक्न सकिने थियो अवेस्थित बस्ति विस्तार का कारण फलावास , ग्यांदी क्षेत्र का कृषि योग्य जमिन घडेरीका नाममा टुक्रिने र बाझिने क्रम बढेका ले त्यस तर्फ सम्बन्धित छेत्रको ध्यानक्रसर्ण हुन जरुरि छ l अत माननीय मार्फत सम्बन्धित क्षेत्रमा पहल गरियोस भन्ने हाम्रो माग हो l सकारले विभिन्न जिल्ला मा लागु गरेको पशु बिमा कार्यक्रम लाइ स्थानिय तहसम्म पुर्याउन सके बेरोजगार युवा हरुलाई त्यस तर्फ आकर्सित गर्न सकिने तथा त्येसले प्रत्यक्ष या परोक्ष रुपमा सम्पूर्ण अर्थतन्त्रलाई नै चलायमान बनाउने हुदा जिल्ला कृषि कार्यलयलाई माननीय मार्फत हाम्रो सुझाब छ तथा सभासद ज्यू बाट समेत त्यस तर्फा पहल हुने छ भन्ने हाम्रो चाहना हो त्येसो गर्दा हामी बैदेशिक रोजगारीका लागि खाडी या मलेशिया मा श्रम गर्ने व्यक्ति हरुमा आस्र्सित परिवारलाई सबै भन्दा धेरै फाइदा हुने तथा स्वदेश मा नै काम गर्न सक्ने बातावरण को सिर्जना हुने थियो l
कृषिका सबै भन्दा ठुलो चुनौती भनेको श्रम सक्ति पलायन हुनु हो यदि श्रम सक्ति लाइ कृषि क्षेत्र मा परिचालित गर्न सके तेस् बाट धेरै फाइदा लिन सकिन हुदा क्र्शी बजारको बेबस्था गरि उत्पादक तथउपभोक्ता को बीच मा कृषि विकास कार्यलय ले पुलको काम गर्न सके शिक्षित बेरोजगार हरु लाइ समेत त्य्स्तार्फा आकर्षण गर्न सकिने हुदा यहाँ मार्फत जिल्ला कृषि कार्यलय तथा सम्बन्धित पक्षको ध्यानक्रसर्ण गराउन चाहन्छौ l बसाई सराई तथा विभिन्न कारणले सहर पस्ने क्रम संगै कृषि योग्य जमिन बाझिने क्रम बढेका ले सकारी स्तर बाट नै त्यस तर्फ गम्भीर कदम चालिनु पर्छ l भन्ने हाम्रो बुझाई हो यहाँलाई समेत त्यस तर्फा सचेत गराउन चाहन्छौ l पर्यटन बिकाश सम्बन्धमा दिगो बिकाशका लागि पर्यटन वर्तमान समयको महत्व पूर्ण पाटो हो पर्यटन संग सम्बन्धित जिल्ला का धार्मिक तथा पर्यटकीय स्थलहरुको पर्बर्धन तथा प्रचार प्रसार गरि आन्तरिक तथा बाहिय पर्यटकका लागि आकर्सक कार्यक्रम ल्याउन सके समग्र जिल्लाको बिकाश मा टेवा पुग्ने कुरा मा कसैको दुइ मतछैन तेसैले जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा चर्चा गर्न खोजिए को छ l गुप्तेशोर तथा अल्पेशोर गुफाको बारेमा उठित प्रसार प्रचार गरि आन्तरिक तथा बाहिय पर्यटकलाई आर्कषक गन्तब्य को रुपमा बिकाश गर्न नेपाल पर्यटन बोड संग समन्वय गरि निश्चित कार्यक्रम गर्न सके जिल्लाको बिकाशमा टेवा पुग्ने छ भन्ने हाम्रो बुझाई हो l तथा एस तर्फ मनानिय सभासद्को ध्यानकर्षण गरुन चाहन्छौ l नेपालकै लामो तथा आग्लो झुलुंगे पुल्कोरूप मा चर्चित कुस्मा ग्यादी झुलुंगे पुलको बारेमा आझै प्रसार प्रचार गर्ने सके अन्तरिक पर्यटन को बिकाश मा टेवा पुग्ने थियो तर संचलान मा आएकोकेहि वर्ष मा नै जिर्ण बन्दै गएको गायकले त्यस तर्फा ध्यान जना जरुरि छ पन्चासे तथा डहरे क्षेत्र;लाई अन्तरास्ट्रिय पर्यटकीय स्थलहरुको रुपमा बिकाश गर्न एककृत गुरु योजना तयार गरि यथसिघ्र तेस तर्फा कम गर्न जरुरि छ l सालिग्राम सिला हिन्दुहरुकोआस्था को धरोहोर भएको हुना ले रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा प्रसार प्रचार गरि धार्मिक पर्यटकीय स्थलहरुको बिकाश गर्न तुरुन्त कदम चालियोस यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानकर्षण गर्न चाहन्छौ l कालिगण्डकी नदीमा rafting का लागि उचित पूर्वाधार बिकाश गरि अन्तरास्ट्रिय पर्यटक हरुलाई आकर्सन गर्न बिशेष कार्यक्रम ल्याउन सके स्थानिय स्तरमा नै रोजगार सिजना गर्न सकिने छ l
शिक्षा क्षेत्र् का सम्बन्धमा शिक्षा क्षेत्र को आधारभूत तह बिद्यालय शिक्षा को स्तर उन्नति गर्न तथा जिल्ला स्थित सम्पूर्ण बिद्यालय हरु लाइ निरिक्ष्क्षन् तथा अनुगमन गरि तिनी हरुलाई साधन सम्पन्न बनाउन निश्चित कदम चलिओस भनि यहाँ मार्फत सम्बिन्धित क्षेत्र को धन्यकर्सन गरुन चाहन्छौl
धौलागिरी अंचल कै पुरानो क्याम्पस को रुप मा परिचित पर्बत बहुमुखी क्यम्पुस फलेबास अहिले बन्द हुने अवस्था मा पुगको छ सम्बन्धित सरकारी पक्ष् को उद्सनिता स्थानीय स्तर मा हुने राजनीति तथा फितलो प्रसासन का कारण अस्त ब्यस्त बनेका ले उक्त क्यम्पुस को सुधार का लागि यहाँ मार्फत त्रिभुवन बिस्सो बिधालय तथा सम्भिन्दित मन्त्रालय को ध्यानकर्सन गर्न चाहन्छौ सदर मुकाम मा रहेर पनि गुप्ताश्वोर बहुमुखी क्याम्पस ले पनि अपक्षाकृत नतिजा दिन नसकेको अवस्था हो राम्रो बिसय तथा गुणस्तरीय शिक्षा को अवाब मा अपक्षित् उद्श्य प्राप्त गर्न नसकेकाले ले सिग्र तेस तर्फ माननीय को ध्यान जावोस जिल्ला मा आहिले सम्म पनि मास्टर लेबल को क्याम्पस नहुदा उच्चा शिक्षा अध्यन का लागि जिल्ला बाहिर जानु पर्ने हाम्रो बाध्यता लाई कम गर्न जिल्ला मै एउटा डिग्री क्याम्पस हुनु पर्ने अहिले को अबस्कता तर्फ पनि यहाँ को ध्यान जानेछ भन्ने हामीले आस गरेका छौ जिल्ला मा अहिले सम्म पनि अपांग मैत्री स्कूल बन्न सकेको छैन तेस तर्फ यहाँ मार्फत सम्भ्न्दित पक्ष् को ध्यानाकर्सन गराउन चाहन्छौ धौलागिरी अंचल मै अहिले सम्म पनि कृषि तथा प्राबिधिक क्याम्पस बन्न सकेको छैन यदि तेसो हुन सके जिल्ला तथा यस क्षेत्र कै बिकाश मा टेवा पुग्ने भयकोले तेस तर्फ ध्यान जानु आज को आवस्यकता हो
स्वास्थ्य क्षेत्रका सम्बन्धमा जिल्ला स्वस्थ कार्यालय लाइ सुबिधा सम्पन्न बनाउन तथा स्तानिया जनता लाइ आधारभूत तथा अतिरिक्त स्वास्थ सुबिधा उपलब्ध गराउन साधन श्रोत को अभाव हुन नदिन माननीय मार्फत सम्बन्धित क्षेत्र को ध्यानाकर्सन गराउन चाहन्छौ भौउलोगीक हिसाब ले हरेक इलाकामा एउटा स्वास्थ चौको हुनु पर्ने सरकारी मापदण्ड अहिजे सम्म पनि पुरा हुन सकेको छैन तेसैले तेस तर्फ ध्यान दिन का लागि यहाक ध्यानाकर्सन गराउन चाहन्छौ आधारभूत स्वास्थ सेवा उपलब्ध नहुदा सुत्कारी महिला को ज्ञान जाने क्रम अझै पनि रोक्न नसक्नु बिदब्ना हो तेसैले जिल्ला का ५५ वटै ग बा स हरुमा birthing center बच्चा जन्माउने घर हुन जरुरि छ स्थानीय तथा परम्परा गत उपचार पर्नाली “धामी झाक्री”का कारण अझै पनि समाज मा दुर्घटना हरु भइ रहन्चन तेसैले बिद्यालय स्तर देखि नै स्वास्थ सम्बन्धि बिशेस कार्यक्रम हरु संचालन गर्न जरुरि देखिय काले माननीय सभासद को तेस तर्फ ध्यानाकर्सन गराउन चाहन्छौ ग्रामिण भेक मा अधिकांश महिला आमा दिदि बहिनि हरु अंग खस्ने तथा पाठेघर को समस्याले ग्रसित हुने गर्दछन तर विभिन्न कारण ले अवास्था सस्था सम्म पुग्न नसक्दा अकाल मै ज्ञान गुमाउनु परेका घटना हरु बारम्बार आइ रहने हुदा स्थानीय स्तर मै तेस्ता स्वास्थ सिबिर हरु संचालन गर्न सके धरै मानिस हरु लाबंभित हुने हुदा तेस तर्फ यहाँ मार्फत सम्बन्धित पक्ष् को ध्यानाकर्सन गराउन चाहन्छौ l
सिचाई तथा जलबिधुतका सम्बन्धमा
समग्र जिल्लाको बिकाशमा अहम भूमिका खेल्ने राष्ट्रिय महत्वका योजनाहरुको अध्यान तथा संरक्षण गरि यथासिघ्र त्यस तर्फ कदम चल्नुपर्ने , बिगतमा काम सुरु भइ आहिले यथास्थितिमा रहेको माथिल्लो मोदीखोला (जलबिधुत आयोजनालाइ तुरुन्त सुरुवात गर्न सके स्थानिय स्थरमा रोजगारीको सिर्जना हुने तथा आर्थिक गतिविधिहरु संचालन हुने हुदा यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहन्छौ
जिल्ला मा संचालित साना मझौला तथा ठुला सिचाई आयोजनाहरुको मर्मत सम्भार तथा जीर्णोद्धार गरि तिनिहरुबता अधिकतम फाइदा लिन नियमित अनुगमन तथा नियमन गर्न जरुरि छ l ठुला आयोजनाका बारेमा राष्ट्रिय स्तरमा तर साना तथा मझौला आयोजनाका बारेमा स्थानीय स्तरमा मेकानिजम निर्माण गरि पारदर्शी ढंगले संचालन गर्ने तर्फ यहाँ मार्फत जिल्ला खानेपनिताथा सिचाई कार्यलय को ध्यान आकर्षण गराउन चाहन्छौ l उत्पादनका हिसाबले उपयुक्त ठाउँहरु छुट्टयाइ यस्ता ठाउँहरुमा यातायात तथा सिचाई ब्यबस्था गर्न सके सामुहिक कृषि प्रणाली अन्तर्गत हिउदे तथा नगदेवाली उत्पादन गर्न सकिने तथा स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्न सकिने हुदा त्यस तर्फ माननीयको ध्यान जाओस भन्ने हाम्रो अगह हो l जिल्लाको सबै भन्दा ठुलो सिचाई आयोजना (लामाय खोलाफलेवास आयोजना )जिर्ण बन्दै गएकोले राष्ट्रिय स्तरमा नै सरकारको ध्यान जना जरुरि छ l समयमै आयोजना मर्मत नहुदा लाखौको धनजन को क्षेती हुने तथा हजारौ हेक्टर जमिन बाझिने खतरा पनि संगसंगै भएको तथा मानबिय क्षेती समेत हुन सक्ने हुदा माननीय मार्फत नेपाल साकारको ध्यानकर्षण गराउन चाहन्छौ l सम्भावनाहरुअध्यान गरि साना तथा लघु जलबिधुत आयोजना संचालन गर्न सके उर्जा समस्याको समाधान गर्न सकिने तथा स्थानीय पुजीलाई उत्पादन मुलक ठाउमा लगुना सकिने भएकोले त्यस तर्फ कदम चालिनु पर्छ भन्ने हाम्रो मन्नेता हो l बैकल्पिक उर्जा प्रबर्धनका लागि बिगत मा अध्यन भइ गर्न सुरुवात भैसकेको तर वर्तमान अवस्था मा उत्पन्न गर्न नसकिएको बायु उर्जा सम्बन्धिघन्टे देउराली मा संचालित आयोजना सुरु गर्न तथा सम्भावना अध्यन गरि आन्या ठाउमा पनि यस्ता आयोजना संचालन गर्ने बारे कार्य गरि अगाडी बढाउन जरुरि छ l जिल्ला मा खानेपानी समस्याको दिगो समाधानको निम्ति हाल उपलब्द श्रोतहरुको संरक्षरण गर्न तथा नया आयोजनाका लागि सम्भाव्यता अध्यन गरि यस्ता क्षेत्र हरुलाई संरक्षरण क्षेत्रको रुपमा बिकाश गर्नका लागि स्थानीय तथा जिल्ला स्तर मा सचेतना मिलक कार्येक्रमको आयोजना गर्न तथा राष्ट्रिय स्तरको कार्येक्रम ल्याउन जरुरि छ lअत माननीय सभासद्लाई त्यस बिषयमा गम्भीर हुन आग्रह गर्दछौ l
हाम्रो सदरमुखकाम तथा जिल्लाका सहर उम्मुख क्षेत्रहरु अवेस्थित तथा अवैज्ञानिक घर निर्माण तथा योजना बिहिन पूर्वाधारहरुका कारण कुरूप बन्ने अबस्थामा छन् , तेसैले रास्ट्रिय आयोजना आयोग तथा आवास तथा आवास तथा भौतिक योजना मन्त्रालय मार्फत नियन्त्रण तथा अनुगमन गरि ब्यबस्थित गरियोश भन्ने हामी आम जिल्लाबाशी को आवाज हो l यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहन्छौ l
अन्त्यमा , जिल्लाको अभिभावकको नाताले बिकाश निर्माणका काम मा यहाँ संग सम्पूर्ण जिल्लाबासीको अपेक्षा हुनु स्वभाबिक हो , तर लामो समय सम्म केन्द्रिय नीतिनिर्माणको तह मा रहेर पनि उल्लेखनीय काम गर्न नसकेको हुदा जनताका गुनासाहरुलाई स्वभाबिक ठान्नु हुनेछ भन्ने हाम्रो बुझाई हो ,बिगत मा जस्तै आगामी दिनहरुमा पनि जिल्ला र देशको लागि अहोरात्र खटेर पर्बत तत्र पर्बतबाशी हरुको सिर उँचो पर्नु हुनेछ भन्ने हामीले आशा लिएका छौ l परिवारबाद नाताबाद र कृपाबाद भन्दा माथि उठेर जिल्लाको बिकाश निर्माणका लागि माननीय द्वारा गरिने हरेक क्रियाकलाब हरु प्रति हाम्रा नजर हरु सिधा लागि रहनेछन जिल्लाको बिकाशमा यहाको भूमिका एउटा राजनीतिक पार्टीका नेताको भन्दा माथि एउटा जिल्ला को अभिवाबक को रुपमा पर्बतबासीले देख्न पौने छन् तथा स्थानीय स्तर मा बिकाश निर्माणमा हुने अवस्था राजनीतिक प्रतिस्पर्धालाइ निरुसहित गर्न यहाको भूमिका समन्वयकारी हुनेछ l भन्ने पनि आशा गरेका छौ l
देशको संबिधान निर्माणको क्रममा रहेकाले माननीय द्वारा संबिधानसभा तथा संसदमा खेल्ने भूमिकाले समेत प्रत्यक्ष वा परोक्ष रुपमा पर्बत संग जोडिएकाले पनि तपाई को भूमिका देश र जनताका लागि एउटा नमुना बन्नु पर्छ l त्येसैले तपाइको भूमिका संबिधान सभा सदस्यका हैसियतमा संबिधान निर्माण मा तथा ब्यबस्थापिका संसद्को सदेश्य को रुपमा बिकाश निर्माण तथा जनता दैनिकीसंग नजिक हुने छ l भन्ने आशा र बिस्वाशका साथ l पर्बत युवा सेवा समाज कतार २०६९,
पर्वत युवा सेवा समाज कतार परिवार


                                                                       महास
चिब      अध्यक्ष                                                       दिल कुमार श्रेष्ठ                                         पूर्ण बहादुर नेपाली                                                                

Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi