संविधानसभामा नियमावली मस्यौदा पेस - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » संविधानसभामा नियमावली मस्यौदा पेस

संविधानसभामा नियमावली मस्यौदा पेस

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:25 PM

काठमाडौँ, २९ फागुन । संविधासभाको आजको बैठकमा ‘संविधानसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७०’ पेस गरिएको छ ।
मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन बैठकमा पेस गर्नुभएको हो ।
सो मस्यौदामा संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति, संविधान लेखन तथा निक्र्यौल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिसमेत पाँच वटा समिति गठन गर्न प्रस्ताव गरिएको छ ।
अघिल्लो संविधानसभाका काम कारबाहीलाई हेरेर अनुभवका आधारमा समितिको सङ्ख्या पाँच कायम गरिएको समितिका सभापति कर्णले जानकारी दिनुभयो ।
समितिको मस्यौदालाई सर्वसम्मत रुपमा पारित गराउन समितिले धेरै प्रयास गरेकामा अन्ततः त्यो प्रयासले सार्थकता प्राप्त गरेको उहाँले बैठकमा उल्लेख गर्नुभयो ।
संविधानसभाको काम कारबाही र संविधान लेखन कार्यलाई एक वर्षभित्र पूरा गर्ने सन्दर्भमा अत्यन्तै महत्वपूर्ण र संविधान लेखनको प्रारम्भ बिन्दुका रुपमा रहने नियमावली मस्यौदा समिति निर्माणका लागि फागुन २९ गते संविधानसभाले ४९ सदस्यीय नियमावली समिति गठन गरेको थियो ।
सो समितिले हिजोमात्रै आफ्नो प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाएको थियो ।
संविधानसभाको अर्को बैठक आगामी चैत ५ गते बुधबार बिहान ११ बजे बस्ने छ । रासस
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi