संबिधान कसले जारी गर्ने भन्ने बिबाद अनुपयुक्त : ज्ञवाली - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » संबिधान कसले जारी गर्ने भन्ने बिबाद अनुपयुक्त : ज्ञवाली

संबिधान कसले जारी गर्ने भन्ने बिबाद अनुपयुक्त : ज्ञवाली

Written By नवराज "अटल" on Tuesday, March 4, 2014 | 11:52 AM

नारायण खड्का
yubraj-gynwali२० फागुन, दाङ । नेकपा एमालेका सचिब युवराज ज्ञवालीले संबिधान कसले प्रमानिकरण गर्ने बिबाद झिक्नु उपयुक्त नभएको वताएका छन् । उनले अन्तरिम संबिधानमा व्यवस्था भएअनुरुप संबिधान जारी हुने भएकोले अनावश्यक कुरामा विवाद झिक्न नहुने वताएका हुन् ।
 
रिपोर्टसै क्लब नेपाल दाङले मंगलवार तुलसीपुरमा ज्ञवालीले संबिधान राष्ट्रपति वा संबिधान सभाका अध्यक्ष कसले जारी गर्ने भन्दा पनि एक वर्षभित्र संबिधान जारी गर्ने कुरा महत्वपूर्ण रहेकोले अनावश्यक कुरामा बिबाद झिक्दा शोभनिय नहुने वताए । उनले अबको १० देखि ११ महिनाभित्र संबिधान जारी गर्ने किसिमबाट गृहकार्य हुनुको साटो अनावश्यक सवाल उठाएर बिबाद झिक्न नहुने बताए ।
 
संबिधान सबै पार्टीको साझा दस्ताबेज भएको उल्लेख गर्दै ज्ञवालीले सबै पार्टीको सहमतिमा संबिधान बन्नु पर्नेमा जोड दिए । विवादित बिषयहरुमा अब गम्भीर छलफल थालेर संबिधान जारी गर्न गृहकार्यमा जुट्नुको साटो बिषयान्तर हुने गरी छलफल र बिबाद झिक्नु प्रतिउत्पादक हुने ज्ञवालीको भनाई थियो ।
 
महाधिबेशन जेठ ३ मा गर्ने वा केहिले गर्ने भन्ने टुङगो केन्द्रीय कमिटिले लगाउने उल्लेख गर्दै ज्ञवालीले महाधिवेशनपछि पार्टी एक ढिक्का भएर अगाडि बढ्ने दाबी समेत गरे । ठूलो पार्टीमा गुटउपगुट देखिनु सामान्य भएपनि महाधिबेशनसम्म यहि गुटउपगुट कायम रहन्छन् भन्ने आधार नरहेको ज्ञवालीको भनाई थियो ।
 
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi