प्रधानमन्त्री सुशील कोइराला म्यानमार प्रस्थान - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » » प्रधानमन्त्री सुशील कोइराला म्यानमार प्रस्थान

प्रधानमन्त्री सुशील कोइराला म्यानमार प्रस्थान

Written By नवराज "अटल" on Sunday, March 2, 2014 | 3:39 PM

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को तेस्रो शिखर सम्मेलनमा भाग लिन आइतबार म्यान्मा प्रस्थान गर्नुभएको छ ।
sushil-koirala
प्रधानमन्त्री कोइराला १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री कोइरालालाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, संविधानसभा अध्यक्ष, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा उच्च सरकारी अधिकारीहरु पुग्नुभएको थियो ।
विमानस्थलमा सञ्चाकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भ्रमण महत्वपूर्ण र परिणाममुखी हुने बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध भारत, बङ्गलादेश, भुटान र श्रीलङ्का तथा दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)का सदस्य थाइल्यान्ड र म्यान्मा सम्मिलित उपक्षेत्रीय सङ्गठन बिम्स्टेकका राष्ट्र÷सरकार प्रमुखसँग सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट हुने द्विपक्षीय भेटवार्ता र छलफल नेपालको आर्थिक विकास एवम् पारस्परिक लाभ र साझा चासोका विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्ने उपयुक्त अवसर हुने विश्वास गरिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi