www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

अहिले भर्खरै:

तिमी नै तिमी छौ मेरो सेरोफेरो

Written By Ram Gurung on Sunday, July 19, 2015 | 5:40 PM

प्रवासी जीवनलाई विट मार्दै नेपालमै संघर्ष गर्छु भन्ने संकल्प गरेर स्वदेश फर्केका प्रकाश ढकाल ‘अञ्जान’ मोडलिङको क्षेत्रमा झुल्किएका छन् । प्रवासी बसाईमा सामाजिक कार्यमा समेत निकै सक्रिय अञ्जानले आफ्नो जीवनको गोरेटो नयाँ क्षेत्रमा परीक्षण गर्दैछन् । कला र सक्रिय कदमलाई केहीले पनि रोक्न सक्दैन । अञ्जानभित्र लुकेर रहेको त्यही कला र सक्रियता अब छल्किन थालेको छ । हेरौं, राजेन्द्र कँडेलको शब्द–सिर्जना, राजेन्द्र कँडेल र देवी घर्ती मगरको स्वरमा बि.के. रोल्पालीद्वारा संगीतवद्ध यो लोकदोहरी गीतमा प्रकाश ढकाल ‘अञ्जान’ र रुपा कँडेलको अभिनय ।

निशुल्क टिकटमा फुटबल हेर्दा कार/मोबाईल पर्ने

Written By नवराज "अटल" on Tuesday, May 6, 2014 | 3:43 PM

नवराज वि.क,दोहा (कतार)- कतारको  अलसाद   रंगाशालामा खेल हेर्न आउने दर्शकहरुका लागी लक्की ड्र मार्फत टोयटा कार एक जनालाई साथमा ३० थान मोबाईल लगायत अन्य विविध उपहार पाउने भएका छन ।

नजिकिदै गरेको २०२२ को विश्वकपको यात्राउन्मुख रहेको कतारमा खेलकुदलाई निकै महत्व दिदैं आइरहेको छ । कतारको स्थानिय क्लब अलअहली र अल सैलिया बिच आगमी शनिबार १० मे का दिन वेलुका ५:१५ मा अलसाद रंगाशालामा प्रतिस्पर्धात्मक खेल हुने भएको हो ।

 खेलमा नेपाली दर्शकहरुको लागी समेत निशुल्क प्रवेश तथा पहिला आउनेहरुको आधारमा प्राथमिकता दिईने भएको छ । कतारको स्थानिय समय अनुशार दर्शकहरुको लागी प्रवेशद्वार बेलुका ४ः०० बजे बाट नै खुल्ला गरिने आयोजकले जानकारी दिएको छ ।

कतारमा नेपालीहरु फुटबल खेल प्रति निकै बढि प्रशंसक रहेका छन्  हामीले नेपाल र कतार बिचको खेलकुद सम्बन्धलाई अझ मजवुद बनाउन र नेपाली समुदाय र स्थानिय क्लवहरु विच सकरात्मक सम्बन्ध स्थापित रहने समाजसेवी रामहरी गैरेले बताएका छन ।

उक्त अबसर अलअहली क्लब निकट रहेर नेपाली समुदाय संग समन्वयकारी भुमिका चितवन युवा समुह दोहा, कतारले गर्दै आईरहेको छ । चितवन युवा समुहले यस भन्दा अगाडीको खेलहरुमा समेत उल्लेखनिय नेपाली दर्शकहरुलाई खेल हेर्न वातावरण मिलाउँदै आईरहेको  छ भने केही हप्ता अगाडि अलअरबी स्र्पोटस कल्बमा नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेलमा नेपाल बाट ख्यातिप्राप्त कलाकार मिलन अमात्य ,प्रेमराजा महत र मिलन लामा लाई आमन्त्रण गरी झन्डै १० हजार भन्दा बढि नेपालीलाई एकै ठाँउमा सहभागी गराउन समेत सफल रहेको थियो ।

आउँदो शनिबार सम्पन्न हुन गइरहेको  यस  अलअहली कल्ब र अलसैलिया बिचको खेल हेर्न वा विस्तृत जनकारीका लागी आयोजकले विभिन्न व्यक्तिहरु थ्प जानकारीका लागी जानकारी लिना पनि सक्ने आयोजकले बताएको छ  ।

सम्पर्क व्यक्तिहरु
रामहरी गैह्रे(५५८३६१८९)सँग सम्पर्क गर्न सकिने छ ।साथै अन्य गतिविधि जनकारीको लागी चितउन युवा समुहका भूमिराज कार्की ७००५००६८, रामबाबु थापा ५५८७९३४८, अमर श्रेष्ठ ७०३३४४०६, इश्वर पौडेल ५५६६४७३१, बिष्णु रेग्मी ३३९१४८००, राम श्रेष्ठ ७००५५४४७, होमनाथ पौडेल ७०१२७००१, समीर खत्री ६६६४०२४१ लाई सम्पर्क गर्न सकिन्छ ।

तनहुँ सेवा समाज द्धारा लोकदोहोरी गायक प्रेमराज महत लाई सम्मान

Written By नवराज "अटल" on Wednesday, April 16, 2014 | 3:22 PM

बिगत एक दशक देखि निरन्तर रुपमा बैदेशिक रोजगारीको शिलशिलामा कतार मा आइपुगेका तनहुँ वासीहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले यसै सात बरिष्ठ लोकदोहोरी गायक प्रेमराज महत लाई बिशेष कार्यक्रमका साथ् भेटघाट तथा सम्मान कार्यक्रम दोहाको रेस्टूरेण्ट टपफर्म मा १२ अप्रिलका दिन उल्लेखनिय तनहुँ बासीहरुको उपस्थितिमा सम्मान गरिएको छ ।  संस्थाका अध्यक्ष मुनाफ मियाँको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय गान बाट सुरु गरिएको थियो । कार्यक्रम मा संस्थाका प्रथम उपाध्यक्ष रित कुमार श्रेष्ठ को स्वागत मन्तब्य राखेका थिए । एनआरएनए एनसीसी का सल्लाहकार आर के शर्मा, बरिष्ठ संचारकर्मी किरण मरठ्ठा,पत्रकार महासंघ का अध्यक्ष रबि रोषी, एनआरएनए एनसीसी का युवा सयोजक नबराज बि .क ,तनहुँ समाजका संस्थापक सदस्य भिम बां थापा ,पूर्व अध्यक्ष धन बहादुर परियार , पूर्व अध्यक्ष निमलाल कुमाल महिला समाज की अध्यक्ष रेखा राई लोकतान्त्रिक मंञ्च सचिबालय सदस्य रामहरी गैह्रे सस्थाका पूर्व महासचिब राजेश पन्थ पूर्व सल्लहाकार श्रीराम पौडेल, दिपक खड्का, तोयानाथ पौडेल लगायत का बक्ताहरुले प्रेमराज महतले नेपाली साङ्गितिक क्षेत्रमा पु¥याएको योगदान को चर्चा गरे । प्रेमराज महतले आफु कतारमा आएर सम्मानित हुन पाउँदा खुशी ब्यक्त गर्दै नेपाल देखि अमेरिका सम्मको अनुभूतिहरु बाढेका थिए । समय को परिवर्तन शिल संगै भूगोलले जहाँ रहे पनि आफु तनहुँ मा जन्मिए आज नेपालको गरिमा बढाउने कार्यमा लागि परेको भन्दै अमेरिका मा नेपालीकला संस्कृतिलाई चिनाउने कार्य मा अग्रसर रहेको जानकारी दिए ।
  सोहि अवसरमा महतले क्षेत्र प्रताप अधिकारी को सृजनामा तनहुँ सम्बन्धि लेखिएको मिठो गीत प्रस्तुत गरि कार्यक्रम संगीतमय बनाएका थिए । महतले समाज सेवामा समेत मा आफु लागि पर्दै आएको जानकारी दिदैं छिट्टै तनहुँमा आर्थिक बिपन्न भएका हरुलाई गाविसहरुमा बाख्रा पालन का लागि सहयोग गर्ने बताएका थिए ।
सो सम्मान कार्यक्रममा संस्था का सचिब सुर्य लम्साल, सहकोषाध्याक्ष गणेश बानियाँ सदस्य बिकाश सुनार लगाएत ले महत संग भेट हुन पाउँदा खुशी ब्यक्त गरे । सोहि सम्मान कार्यक्रममा तनहुँ सम्पर्क मंञ्च कतारले सम्मान पत्रको साथमा खादा ओढाएर सम्मान गरेका थिए । भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव प्रेम थापा ले गरेका थिए ।

Written By नवराज "अटल" on Monday, April 7, 2014 | 3:31 PM

घनस्याम पराजुली
दोहा । नेपाल र फिलिपिन्सवीच बुधवार हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न नेपालका चर्चित कलाकार गायक मिलन लामा र मिलन अमात्य कतार आउने भएका छन् । चितवन युवा समाज कतारले पत्रकार सम्मेलन गरी कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको सहभागितामा खेलकुद तथा नेपाली सांगीतिक कार्यक्रमको जानकारी दिएको छ । कतारको अल अहली क्लवको आयोजनामा हुन लागको उक्त खेललाई चितवन युवा समुहले समन्वय गर्ने छ ।press-meet-in-quatar
गत ४ अपि्रल २०१४ का दिन दोहा स्थित होमलेण्ड रेष्टुरेन्ट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली समुदायको उल्लेख्य मात्रमा सहभागिता थियो । चितवन युवा समुहले कतारमा पहिलो पटक फरक किसिमको सम्मेलन गरेको हो जसबाट प्रत्यक्ष रुपमा कतारमा स्थापित संघ संस्थाका प्रतिनिधहिरुले कतारको खेलकुद र नेपाली समुदायलाई कतारले हेर्ने दृष्टिकोणको बारेमा जिज्ञाषा राखेका थिए । कतारमा खेलप्रती नेपालीहरुको चासो रहेको र नेपाली समुदायले त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष फाईदा कसरी लिन सक्छ भन्ने सन्दर्भमा छलफल गरिएको थियो
कार्यक्रमका आएका विभिन्न जिज्ञासाहरुलाई समेट्दै कतारमा नेपाली समुदायका अगुवा , एनआरएनएका पुर्व उपाध्यक्ष तथा चितवन युवा समाज कतारका संस्थापक अध्यक्ष सागर नेपालले कतार २०२२ को विश्वकपका लागी फराकिलो बाटोमा छ , कतारको खेलकुद विकासको एउटा अभिन्न पात्रको रुपमा नेपाली समुदायलाई विकसित गर्नुपर्ने र सिङगो नेपाली समुदायलाई प्राप्त हुन सक्ने सामाजिक तथा आर्थिक उपलब्धीलाई संस्थागत गर्न ध्यान केन्दि्रत रहनु पर्ने बताए । विगतका खेलहरुमा नेपाली दर्शकहरुको लेखा जोखा राखिरहेको कतारले आज नेपाल र कतारका राष्ट्रिय खेलाडिहरु विच कतारको मैदामा निशुल्क खेल खेलाउने अवसर दिएको र यो एउटा महत्वपुर्ण उपलब्धि रहेको जानकारी दिए ।
चितवन युवा समाज कतारका पुर्व अध्यक्ष रामहरी गैह्रेले पत्रकार सम्मेलनमा उठेका विभिन्न प्रश्हरुलाई प्रष्ट पार्दै ११ अपि्रल २०१४ का दिन हुन गहिरहेको मैत्रिपुर्ण खेलमा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुलाई सहभागिताको लागी आवह्ान गरेका थिए । चितवन युवा समाज कतारका अध्यक्ष भुमिराज कार्कीले सभापतित्व गरेको कार्यक्रमलाई सचिव समिर के.सी.ले सन्चालन गरेको थिए । पत्रकार सम्मेलनमा कान्तिपुर गल्फ साप्ताहिकका होम कार्की , राजधानी साप्ताहिकका नवराज वि.क., नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष गणेश प्रसाद बन्जाडे, पत्रकार घनश्याम पराजुली , भानु सुनार , एनआरएनएका सदस्य अमृत गुरुङ्ग, एनआरएन कतारका उपाध्यक्ष कुमार कार्की, महासचिव बिनोद भट्टराई,एनआरएनए कतारका निर्वतमान सल्लाहकार अजिज’र रहमान शेख लगायत ४० भन्दा बढी संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
चितवन युवा समुहले यहाँको अल अहली क्लवसँग सहकार्य गर्दै आएको छ । क्लवसँग सहकार्य गरेवापत प्राप्त हुने सहयोगलाई नेपाली समुदायमा खर्चने प्रण गरेको उक्त समुहले सम्पुर्ण नेपाली दर्शकहरुलाई आगामी ११ अपि्रलको खेलकुद तथा सांगितीक कार्यक्रममा सहभागी भई भब्यताका साथ सफल बनाउन अपिल गरिरहेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/04/184910/#sthash.GGRGA31g.dpuf

खेल र संगीतले नेपाल चिनाउँदै चितवने युवाहरु
खेल र संगीतले नेपाल चिनाउँदै चितवने युवाहरु

साताको समय सन्र्दभ : श्रमिकहरु संगको कुराकानी

Written By नवराज "अटल" on Thursday, April 3, 2014 | 6:37 PM

बैदेशिक रोजगारीमा विभिन्न मुलुकहरुमा रहेका तथा जान इच्छुकहले २०१५ नोभेम्बर सम्ममा मेशिन रिडेवल राहदानी (एमआरपी) बनाइ सक्नु पर्ने प्रावधान नेपाल सरकारल तोकको छ । प्रचलनमा रहेको हस्तलिखित राहदानीहरुले त्यस पछि काम नगर्ने हुदाँ बेलैमा  प्रवासमा रहेका आम नेपाली श्रमिकहरु लाई निवेदन दिन आग्रह गरिको छ ।
यति खेर नेपाली राजदुतावास कतारमा एमआरपीका लागी आउनेहरुको भिड ब्यापक हुने गरेको छ । निवेदन दरखस्त गरी दिइएकाहरु लाई तिन महिनको अवधि दिई नयाँ एमआरपी लिन बोलाइएता पनि तोकिएकै समयमा प्रदान हुन सकिरहेको छैन् । निकै सास्ति खेप्दै आइरहेका कतारका श्रमिक नेपालीहरु सँग नवराज वि.क संगको कुराकानी :

 कृष्ण मगर
टापटिङ्ग–५ सोलुखुम्बु
आफ्नो मातृभुमी देखि दुरदराजको यो अर्काको ठाउमा रहदाँ पनि सरकारले जिम्मेवारीपुर्वक आफ्ना नागरिक प्रति ध्यान नदिनु आफैमा दुखदायी छ । हामी कहाँ थुप्रै समस्याहरु छन् । एउटै काम लाई लिएर पटकपटक धाइरहनु पर्छ भने अन्य समस्याहरु कसरी हल हुन सक्छ ।

पदम बा.गुरुङ्ग
 दहथुम –९ वयरघारी, स्याङ्गजा
नेपाल सरकारको कमीकम्जोरीले गर्दा श्रमिकहरु यहाँ नजानिदो ढङ्ग बाट धरै नेपाली दुख पाइरहेका छन् । नाताबाद कृपादबाद जड उस्तै तिब्र छ । सबै भन्दा पहिला सबैले नियम लाई पालना गनेै हो भने यस्तो अवस्था आउने थिएन ।

कुमार पाठक
 सुरुङ्गा–४ झापा
दुताबासमा कर्मचारीको अभावको कारण अत्याधिक मात्रमा मा कामको चाप बृद्धि भएर हुन सक्छ । तोकिएको समय तिन महिनको अवधिमा नै नयाँ एम आर पी राहदानी  समयमा प्रदान हुन नसक्नु जस्तो लाग्छ । बेलैमा सम्बन्धित निकायको ध्यानआर्कषण होस भन्न चाहन्छु ।

तोयनाथ पौडेल
 खैरेनीटार–६ तनहँु
नागरिकहरुको सहज ढङ्ग बाट सेवा प्रदान गर्नु राज्यको दायित्व हो ।  तर राज्यका हरेक निकायहरु बाट सोचे जस्तो सुविधा उपलब्ध प्रदान गर्न सकिरहेको छैन । त्यसैको उदाहरण हो नेपाली राजदुतावास कतार । कर्मचारीहरुको श्रमिकहरु प्रति पुर्वग्राहि छ । बोलि अनुसार ब्यवाहारमा उतारिदिने हो भने अनावश्यक दुख झेल्न पर्दैन थियो ।

चक्र बहादुर नेपाली
पौठाक–६ तेह्रथुम
दुतावासले सिफारिस गरे बमोजिम प्रकिया पु¥याएर पठाएको भए पक्कै पनि नेपाल बाट त समयमा नै आउनु पर्ने हो । कर्मचारीहरुको ठिलासुस्तिले गर्दा समयमा नै काम हुन नसकेको होला भन्ने मेरो ठम्याइ हो । मैले पनि नयाँ एम आर पी राहदानी  को लागी आवेदन दिएको छु चार महिनाको म्याद दिनु भएको छ । अरु के भनु दुतावासको नि आफ्नै मजबुरी होला ।

 भोज बा.गहा
 खानिछाप–४ पाल्पा
दुतावासमा कर्मचारीको अभाव र नेपालको अस्थिर राजनैतिक प्रभनव हो । समय मा नै सम्बन्धित निकायहरु श्रमिकहरुको हितमा लागी नपरे यस्ता समस्याहरु थपिदै जाने छन् ।
नेपालमा समेत एम आर पी राहदानी  नयाँ लिनको लागि त कति हन्डर खानु पर्ने अवस्था छ हामी त झन विदेशमा छौ । तोकिएको समयमा नै काम हुन्छ भनेर विश्वास गर्ने ठाउ नै छैन ।

सुर्य बहादुर वि.क
 पृथ्वीचोक–८ पोखरा
नेपालीहरु धेरै भएको ठाउँमा दुतावास मा पर्याप्त मात्रमा कमचारीहरुको ब्यवस्था हुने हो भने सायद यो अवस्था आउदैनथ्यो होला । भएका कर्मचारीले पनि तदारुस्थका साथ काम नगर्दा झमेला हुने र नेपालीहरुले दुख पाएका हुन । समाधानको बाटो तर्फ कसैको चासो गएको जस्तो मलाई लाग्दैन । बाकी उहाँहरु लाई नै सोध्नु होला ।

भिम बहादुर मगर
जन्तरखानी–६ ओखलढुङ्गा
मैले पनि राजदुतावास मा नयाँ एम आर पी मेशिन रिडेवल राहदानी का लागी आवेदन दिएको थिए तोकिएको समयमा नै पाएको हुँ । कप्युटर चलाउन जानेको भए आफैले हेर्दा पनि बनेर आएको नआएको जानकारी हुन्छ भन्नुभएको थियो तर आफुले सो ज्ञान नभएकाले केहि समस्या झेल्नु प¥यो । दुतावासका कर्मचारी ले फोल उठाइदिए भने पनि जान आउन टाइम खेर जादनथ्यो । समस्या भएको सबैलाई जानकारी छ अब सुधार गर्न तिर लाग्नु प¥यो यहि नै मेरो चाहना हो ।

 अनिल मगर
सेतिदेवी–६ काठमाण्डौ,
आखिर सरकारी कर्मचारी नै त परे ! कसले ध्यान दिएर काम गर्ने यहाँ नानी देखी लागेको बानी कहाँ हटेको छ र ? सरकार नै दाषी छ सबै भन्दा बढी श्रमिकहरुको हितमा  काम भए नभएको अनुगन नै नगर्नु तथा सरकारी निति नियम कडा नहुनु नै प्रमुख कारण हो ।

पुर्ण बहादुर मगर
टापटिङ्ग–२ सोलुखुम्बु
 श्रमिकहरु लाई हेर्ने राज्यको दृष्टि जब सम्म परिर्वर्तन हुदैन तव सम्म यहाँ नेपालीहरुले दुख पाइरहन्छन् । तिन महिना त के उस्तै प¥यो भने बर्ष दिन पनि हल्लाउन बेर लगाउदैनन् दुतावासका कर्मचारीहरु । आवेदन फर्म नै हराइदिएका हुन्छन् कसैको भने कसैलाइ यो भएन त्यो भएन भनेर दुख दिने गर्छन । दुतावासका कर्मचारीहरु डिउटी छोडेर गयो  काम भएको हुदैन कम्पनी ले विदा दिन गाह्रो मान्छ ।त्यसैले अब गल्ति  दोहो¥याउदै जाने नेपालीहरु दुख पाउदै जाने भन्दा नि सुधार गर्दै लगिदिए यो अर्काको देशमा साच्चिकै दुताबास अविभावकत्व भएको महशुस हुने थियो ।

मापसे गर्नेको लाइसेन्स नै निलम्बन हुने

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:43 PM

काठमाडौं, १ चैत । मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ पटकभन्दा बढी पक्राउ परेका चालकको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया ट्राफिक प्रहरीले सुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २२ जनाको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार २२ चालकको लाइसेन्स नियन्त्रणमा लिई निलम्बनका लागि पठाइएको बताए । ट्राफिक प्रहरीले पहिलोपटक यसरी लाइसेन्स निलम्बनका लागि पठाएको हो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले यस्तो सजायको सुरुवात गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, ०४९को दफा ६०मा भनिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियमबमोजिम चालकले पालना गर्नुपर्ने सर्तहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएका अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र ६ महिनासम्मका लागि निलम्बन गर्न सक्नेछन् ।’
विभिन्न देशमा मादक पदार्थ चलाएर सवारी चलाउनेलाई जेलै हाल्ने चलन छ । नेपालमा दुई वर्षअघि मात्र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको थियो ।
लाइसेन्स निलम्बन हुनेहरूले ६ महिनासम्म सवारीसाधन चलाउन पाउनेछैनन् । ‘लाइसेन्स नै निलम्बन गर्न थालेपछि अब मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमा कम आउने हाम्रो अपेक्षा छ,’ डिआइजी अधिकारीले भने ।
१७ मंसिर ०६८ बाट ट्राफिक प्रहरीले राजधानीमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही सुरु गरेको थियो । त्यसयता एक लाख २७ हजार ९ सय २९ जना कारबाहीमा परिसकेको ट्राफिक प्रहरीको तथ्यांक छ । गत साउनयता मात्र ३५ हजार ९ सय ९२ जनामाथि प्रहरीले यस्तो कसुरमा कारबाही गरिसकेको छ ।
लाइसेनस लिन ट्राफिक शिक्षा अनिवार्य
लिखित परीक्षा र ट्रयल पास गरेर मात्र सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० लिन पाइँदैन् । ट्राफिकसम्बन्धी शिक्षा पनि लिनु अनिवार्य भएको छ । गत माघदेखि ट्राफिक प्रहरीको नेतृत्वमा लाइसेन्स प्रणालीमा यस्तो प्रावधान लागू गरिएको नयाँ पत्रिकामा खबर छ । ‘लिखित र ट्रायल पास गरेपछि पनि अनिवार्य रुपमा ट्राफिक शिक्षा सम्बन्धी एक दिने कक्षा लिएपछि मात्र हामी अब लाइसेन्स दिन्छौ,’ डिआईजी अधिकारीले बताए ।

डिभी र पिआर लिने कर्मचारीमाथि कारबाहीको तयारी

काठमाडौं, १ चैत । सरकारले विभिन्न देशका डाइभर्सिटी भिसा (डिभी) र पर्मानेन्ट रेजिडेन्स (पिआर) लिएका कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
त्यस्ता कर्मचारीको सूची बनाएर सुरुमा जगेडामा राखेर कारबाही प्रक्रिया थाल्ने सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिअार लिएर बसेकामा राष्ट्रिय भावना खण्डित हुने र उनीहरुबाट जनहितका काम पनि नहुने भन्दै कारबाही प्रक्रिया थालेका हुन् ।
यस्ता कर्मचारीको तथ्यांक संकलन गर्न मन्त्री पण्डितले मन्त्रालयका सचिवसहित प्रशासनिक नेतृत्वलाई निर्देशन दिएका छन् ।
डिभी र पिआर लिनेमा निजामती र प्रहरी सेवामा बढी तथा उच्चस्तरका कर्मचारी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
उनीहरुले डिभी र पिआर परित्याग नगरे जागिरबाटै निष्कासन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । यसका लागि आवश्यक परे ऐन-नियम नै संशोधन गर्ने तयारीसमेत मन्त्रालयको छ ।

भारतीय सवारीमा कडाइ गरेपछि आपराधिक घटनामा कमी

गौशाला, १ चैत । भारतीय सवारीमा कडाइ गर्न थालेपछि महोत्तरी जिल्लामा आपराधिक घटना र बढ्दो लागुऔषध ओसारपसार नियन्त्रणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानबाट केही दिनदेखि दैनिक दर्जनभन्दा बढी सवारी नियन्त्रणमा लिई छानबिनपछि प्रहरीले छाड्ने गरेको छ । छानविनका क्रममा केहीलाई अनुसन्धानको दायरामा समेत राखिएको छ ।
भारतीय नम्बर प्लेटको सवारी चढेर आउने र घटना गराएर सवारी नै छाडेर भाग्ने प्रवृत्तिले जिल्लामा थप समस्या आएकाले भारतीय नम्बर प्लेटका शङ्कास्पद सबै गाडीलाई नियन्त्रणमा लिएर छानबिनपछि मात्र छाड्ने गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयोे ।
ट्राफिक प्रहरीको सहयोगमा यस्ता सवारीको लगत राख्न थालेपछि आपराधिक घटना र लागुऔषध ओसारपसारमा कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संविधानसभा निर्वाचनपछि जिल्लाको अवस्था खुकुलो पारिएको थियो । तर अवाञ्छित तत्वले यसलाई दुरुपयोग गर्न थालेपछि पुनः कडाइ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

मूल्यवृद्धिको विरोधमा ५ गते उपत्यका बन्द

काठमाडौँ, १ चैत । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौँ उपत्यका बन्दको घोषण गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा सत्तारुढ नेपाली काँग्रेस तथा एमालेसहित विभिन्न दलका १३ विद्यार्थी संगठनको आज बसेको बैठकले बन्दसहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता यू पी लामिछानेले बताउनुभयो ।
मूल्यवृद्धिको विरोधमा आजै दिउँसो उपत्यकामा प्रदर्शन गर्ने, मूल्यबृद्धि फिर्ता लिन माग गर्दै भोलि आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र क्याम्पसअगाडि धर्ना दिने तथा बुधबार देशब्यापी मसाल जुलुस निकाल्ने निर्णय गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको हिजो शुक्रबाकाे बैठकले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६-६ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

स्याङ्गजा सहयोग समाजले नवौं वाषिर्कोत्सव मनायो

घनस्याम पराजुली (कृष्ण),दोहा – स्याससको चाहाना , विशुद्ध सामाजिक सेवाको भावना भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको स्याङ्गजावासहिरुको साझाँ संस्था स्याङ्गजा सहयोग समाज कतारले नवौं वार्षिकोत्सव बृहत सांगितिक कार्यक्रमका साथ कतारको रमणिय स्थल समालको जुवारामा भव्यताका साथ सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामु बस्यालले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथी नेपाली दुतावास कतारका श्रम सहचारी ईन्द्रदेव पाण्डे रहेका थिए । पाण्डेले स्याङ्गजाका हरेक गतिबिधीलाई नजिकबाट नियाल्ने अवसर पाएकोमा खुसी प्रकट गर्दै कतारमा दुख झेलिरहेका नेपालीहरुको समस्या समाधानका लागी दुतावास सँग सबै संघ संस्थाहरु सहकार्य गर्दै अघाडी बढ्नुपर्ने बताए । संघ संस्थाहरु र दुतावासको सहकार्य भएमा मात्र नेपालीहरुका आम समस्या बुझ्न र त्यसको कार्य सम्पादनमा सहज हुने बताउदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका अतिथी एनआरएन आईसिसीका उपाध्यक्ष टि.बी. कार्किले संस्थाका विभिन्न सामाजिक कार्यलाई स्थापनाकाल देखीनै बुझ्दै आएको र संस्थाको बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेर सबैसँग दुःख सुख बाड्ने अवसर मिलेकोमा धन्यवाद प्रकट गर्दै शुभकामना दिए । अतिथी संस्थाका संस्थापक उपाध्यक्ष तथा एनआरएनए मध्यपुर्व सह–संयोजक पुर्ण के.सी.ले संस्थाको स्थापनाकाल देखी आजसम्मका गतिबिधीलाई स्मरण गर्दै एनआरएनएमा स्याङ्गजाको उल्लेख्य सहभागीताका साथै महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रमका सभापती बस्यालले कार्यक्रम भव्यताका साथ सफल बनाउनका लागी विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रममा सहभागीहरु प्रती आभार प्रकट गरे ।

 संस्थाका सचिव चिरन्जीवी ढकालले सन्चालन गरेको कार्यक्रमलाई प्रथम उपाध्यक्ष गोप सुनारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथिहरु एनआरएनए आईसिसी सदस्य अमृत गुरुङ्ग,एनआरएनए कतारका उपाध्यक्ष कुमार कार्की, संस्थापक अध्यक्ष राजेशदर्शन अर्याल,संस्थापक सचिव कमल न्यौपाने, पुर्व अध्यक्ष गुरुनारायण रानाभाट, प्रमुख सल्लाहकार टुकराज अर्याल, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी , प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष चानक पोख्रेल, जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, झापाली सम्पर्क मञ्चका अध्यक्ष चुडामणि कार्की ,स्याङ्गजा सम्पर्क मञ्चका अध्यक्ष तथा सल्लाहकार भेषराज पराजुली,स्यासस अन्तराष्ट्रिय सम्न्वय समितीका सचिव हरि अर्याल, महिला सल्लाहकार लोकमाया क्षेत्रि ,पत्रकार महासंघ कतारका अध्यक्ष रवि रोषी,मातृभुमिका लागी युवा अभियान कतारका अध्यक्ष केवि हमाल,व्यवसायी आरे शर्मा , बुद्धिजिवी कमलमणी गुरागाँई, गल्फ कान्तिपुरका होम कार्की, राजधानी साप्ताहिकका प्रेम लामा लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,संस्थाका सल्लाहकार , ईकाइृ तथा विभागका प्रमुखहरु साथै उल्लेख्य मात्रामा स्याङ्गजावासहिरुको सहभागिता रहेको थियो । उपस्थित अतिथीहरुद्धारा शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको कामना गरे ।
 दिप प्रज्वलन , राष्ट्रिय गान साथै वार्षिकोत्सवको केक काटेर उद्घाटन गरिएको कार्यक्रमलाई नवप्रतिभा साँस्कृतिक परिवार, गायक धुब्र बि.सी., गायिका ईन्दिरा शाह साथै पन्चेबाजाद्धारा कार्यक्रमका सहभागीहरुलाई पुर्ण मनोरन्जन प्रदान गरेको थियो । नेपाली पन्चेवाजामा सहभागीहरुको नृत्यले कार्यक्रमलाई थप रौनक थपेको थियो ।

 स्याङ्जा सहयोग समाज कतारले विगत सन् २००५ देखी प्रवासमा यस्तै साँस्कृतिक तथा परोपकारी कामहरु गर्दै आएको छ । यस संस्थाले कतारमा दुःख पाउने पिडीतहरु , दुर्घटना परि ज्यान गुमाएका परिवारको सहयोगका लागी , नेपालमा शिक्षा,खेलकुद तथा धार्मिक क्षेत्रका उल्लेख्य सहयोग गर्दै आईरहेको छ । नेपाली दुतावास , गैर आवासिय नेपाली संघ तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै हरेक गतिबिधीहरुमा सहभागी भई यस संस्थाले प्रवासमा छुट्टै अस्थित्व स्थापित गरेको छ । विभिन्न देशहरुमा छरिएर रहेका प्रवासी स्याङ्गजावासीहरुलाई एकजुट बनाउने उद्धेश्य अनुरुप जिल्लामा अन्तराष्ट्रिय सम्न्वय समिती क्रियाशिल छ साथै मानविय कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरुप जिल्लामा रु १५ लाखको अक्षयकोष स्थापना गरेकोे छ ।  

स्थानीय समाचार

See More News »

राष्ट्रिय समाचार

See More News »

प्रवास

See More News »

राजनीति

See More News »

समाज

See More News »

Ads3

अन्तरराष्ट्रिय

See More News »

विविध

See More News »
 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi