मूल्यवृद्धिको विरोधमा ५ गते उपत्यका बन्द - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » मूल्यवृद्धिको विरोधमा ५ गते उपत्यका बन्द

मूल्यवृद्धिको विरोधमा ५ गते उपत्यका बन्द

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:37 PM

काठमाडौँ, १ चैत । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौँ उपत्यका बन्दको घोषण गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा सत्तारुढ नेपाली काँग्रेस तथा एमालेसहित विभिन्न दलका १३ विद्यार्थी संगठनको आज बसेको बैठकले बन्दसहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता यू पी लामिछानेले बताउनुभयो ।
मूल्यवृद्धिको विरोधमा आजै दिउँसो उपत्यकामा प्रदर्शन गर्ने, मूल्यबृद्धि फिर्ता लिन माग गर्दै भोलि आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र क्याम्पसअगाडि धर्ना दिने तथा बुधबार देशब्यापी मसाल जुलुस निकाल्ने निर्णय गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको हिजो शुक्रबाकाे बैठकले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६-६ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi