डिभी र पिआर लिने कर्मचारीमाथि कारबाहीको तयारी - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » डिभी र पिआर लिने कर्मचारीमाथि कारबाहीको तयारी

डिभी र पिआर लिने कर्मचारीमाथि कारबाहीको तयारी

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:42 PM

काठमाडौं, १ चैत । सरकारले विभिन्न देशका डाइभर्सिटी भिसा (डिभी) र पर्मानेन्ट रेजिडेन्स (पिआर) लिएका कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
त्यस्ता कर्मचारीको सूची बनाएर सुरुमा जगेडामा राखेर कारबाही प्रक्रिया थाल्ने सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिअार लिएर बसेकामा राष्ट्रिय भावना खण्डित हुने र उनीहरुबाट जनहितका काम पनि नहुने भन्दै कारबाही प्रक्रिया थालेका हुन् ।
यस्ता कर्मचारीको तथ्यांक संकलन गर्न मन्त्री पण्डितले मन्त्रालयका सचिवसहित प्रशासनिक नेतृत्वलाई निर्देशन दिएका छन् ।
डिभी र पिआर लिनेमा निजामती र प्रहरी सेवामा बढी तथा उच्चस्तरका कर्मचारी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
उनीहरुले डिभी र पिआर परित्याग नगरे जागिरबाटै निष्कासन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । यसका लागि आवश्यक परे ऐन-नियम नै संशोधन गर्ने तयारीसमेत मन्त्रालयको छ ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi