मापसे गर्नेको लाइसेन्स नै निलम्बन हुने - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » मापसे गर्नेको लाइसेन्स नै निलम्बन हुने

मापसे गर्नेको लाइसेन्स नै निलम्बन हुने

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:43 PM

काठमाडौं, १ चैत । मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा ५ पटकभन्दा बढी पक्राउ परेका चालकको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया ट्राफिक प्रहरीले सुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २२ जनाको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी केशव अधिकारीले सवारी तथा यातायात व्यवस्था ऐनअनुसार २२ चालकको लाइसेन्स नियन्त्रणमा लिई निलम्बनका लागि पठाइएको बताए । ट्राफिक प्रहरीले पहिलोपटक यसरी लाइसेन्स निलम्बनका लागि पठाएको हो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले यस्तो सजायको सुरुवात गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, ०४९को दफा ६०मा भनिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियमबमोजिम चालकले पालना गर्नुपर्ने सर्तहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएका अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र ६ महिनासम्मका लागि निलम्बन गर्न सक्नेछन् ।’
विभिन्न देशमा मादक पदार्थ चलाएर सवारी चलाउनेलाई जेलै हाल्ने चलन छ । नेपालमा दुई वर्षअघि मात्र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको थियो ।
लाइसेन्स निलम्बन हुनेहरूले ६ महिनासम्म सवारीसाधन चलाउन पाउनेछैनन् । ‘लाइसेन्स नै निलम्बन गर्न थालेपछि अब मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमा कम आउने हाम्रो अपेक्षा छ,’ डिआइजी अधिकारीले भने ।
१७ मंसिर ०६८ बाट ट्राफिक प्रहरीले राजधानीमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही सुरु गरेको थियो । त्यसयता एक लाख २७ हजार ९ सय २९ जना कारबाहीमा परिसकेको ट्राफिक प्रहरीको तथ्यांक छ । गत साउनयता मात्र ३५ हजार ९ सय ९२ जनामाथि प्रहरीले यस्तो कसुरमा कारबाही गरिसकेको छ ।
लाइसेनस लिन ट्राफिक शिक्षा अनिवार्य
लिखित परीक्षा र ट्रयल पास गरेर मात्र सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० लिन पाइँदैन् । ट्राफिकसम्बन्धी शिक्षा पनि लिनु अनिवार्य भएको छ । गत माघदेखि ट्राफिक प्रहरीको नेतृत्वमा लाइसेन्स प्रणालीमा यस्तो प्रावधान लागू गरिएको नयाँ पत्रिकामा खबर छ । ‘लिखित र ट्रायल पास गरेपछि पनि अनिवार्य रुपमा ट्राफिक शिक्षा सम्बन्धी एक दिने कक्षा लिएपछि मात्र हामी अब लाइसेन्स दिन्छौ,’ डिआईजी अधिकारीले बताए ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi