स्याङ्गजा सहयोग समाजले नवौं वाषिर्कोत्सव मनायो - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » स्याङ्गजा सहयोग समाजले नवौं वाषिर्कोत्सव मनायो

स्याङ्गजा सहयोग समाजले नवौं वाषिर्कोत्सव मनायो

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:32 PM

घनस्याम पराजुली (कृष्ण),दोहा – स्याससको चाहाना , विशुद्ध सामाजिक सेवाको भावना भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको स्याङ्गजावासहिरुको साझाँ संस्था स्याङ्गजा सहयोग समाज कतारले नवौं वार्षिकोत्सव बृहत सांगितिक कार्यक्रमका साथ कतारको रमणिय स्थल समालको जुवारामा भव्यताका साथ सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामु बस्यालले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथी नेपाली दुतावास कतारका श्रम सहचारी ईन्द्रदेव पाण्डे रहेका थिए । पाण्डेले स्याङ्गजाका हरेक गतिबिधीलाई नजिकबाट नियाल्ने अवसर पाएकोमा खुसी प्रकट गर्दै कतारमा दुख झेलिरहेका नेपालीहरुको समस्या समाधानका लागी दुतावास सँग सबै संघ संस्थाहरु सहकार्य गर्दै अघाडी बढ्नुपर्ने बताए । संघ संस्थाहरु र दुतावासको सहकार्य भएमा मात्र नेपालीहरुका आम समस्या बुझ्न र त्यसको कार्य सम्पादनमा सहज हुने बताउदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका अतिथी एनआरएन आईसिसीका उपाध्यक्ष टि.बी. कार्किले संस्थाका विभिन्न सामाजिक कार्यलाई स्थापनाकाल देखीनै बुझ्दै आएको र संस्थाको बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेर सबैसँग दुःख सुख बाड्ने अवसर मिलेकोमा धन्यवाद प्रकट गर्दै शुभकामना दिए । अतिथी संस्थाका संस्थापक उपाध्यक्ष तथा एनआरएनए मध्यपुर्व सह–संयोजक पुर्ण के.सी.ले संस्थाको स्थापनाकाल देखी आजसम्मका गतिबिधीलाई स्मरण गर्दै एनआरएनएमा स्याङ्गजाको उल्लेख्य सहभागीताका साथै महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रमका सभापती बस्यालले कार्यक्रम भव्यताका साथ सफल बनाउनका लागी विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रममा सहभागीहरु प्रती आभार प्रकट गरे ।

 संस्थाका सचिव चिरन्जीवी ढकालले सन्चालन गरेको कार्यक्रमलाई प्रथम उपाध्यक्ष गोप सुनारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथिहरु एनआरएनए आईसिसी सदस्य अमृत गुरुङ्ग,एनआरएनए कतारका उपाध्यक्ष कुमार कार्की, संस्थापक अध्यक्ष राजेशदर्शन अर्याल,संस्थापक सचिव कमल न्यौपाने, पुर्व अध्यक्ष गुरुनारायण रानाभाट, प्रमुख सल्लाहकार टुकराज अर्याल, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी , प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष चानक पोख्रेल, जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, झापाली सम्पर्क मञ्चका अध्यक्ष चुडामणि कार्की ,स्याङ्गजा सम्पर्क मञ्चका अध्यक्ष तथा सल्लाहकार भेषराज पराजुली,स्यासस अन्तराष्ट्रिय सम्न्वय समितीका सचिव हरि अर्याल, महिला सल्लाहकार लोकमाया क्षेत्रि ,पत्रकार महासंघ कतारका अध्यक्ष रवि रोषी,मातृभुमिका लागी युवा अभियान कतारका अध्यक्ष केवि हमाल,व्यवसायी आरे शर्मा , बुद्धिजिवी कमलमणी गुरागाँई, गल्फ कान्तिपुरका होम कार्की, राजधानी साप्ताहिकका प्रेम लामा लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,संस्थाका सल्लाहकार , ईकाइृ तथा विभागका प्रमुखहरु साथै उल्लेख्य मात्रामा स्याङ्गजावासहिरुको सहभागिता रहेको थियो । उपस्थित अतिथीहरुद्धारा शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको कामना गरे ।
 दिप प्रज्वलन , राष्ट्रिय गान साथै वार्षिकोत्सवको केक काटेर उद्घाटन गरिएको कार्यक्रमलाई नवप्रतिभा साँस्कृतिक परिवार, गायक धुब्र बि.सी., गायिका ईन्दिरा शाह साथै पन्चेबाजाद्धारा कार्यक्रमका सहभागीहरुलाई पुर्ण मनोरन्जन प्रदान गरेको थियो । नेपाली पन्चेवाजामा सहभागीहरुको नृत्यले कार्यक्रमलाई थप रौनक थपेको थियो ।

 स्याङ्जा सहयोग समाज कतारले विगत सन् २००५ देखी प्रवासमा यस्तै साँस्कृतिक तथा परोपकारी कामहरु गर्दै आएको छ । यस संस्थाले कतारमा दुःख पाउने पिडीतहरु , दुर्घटना परि ज्यान गुमाएका परिवारको सहयोगका लागी , नेपालमा शिक्षा,खेलकुद तथा धार्मिक क्षेत्रका उल्लेख्य सहयोग गर्दै आईरहेको छ । नेपाली दुतावास , गैर आवासिय नेपाली संघ तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै हरेक गतिबिधीहरुमा सहभागी भई यस संस्थाले प्रवासमा छुट्टै अस्थित्व स्थापित गरेको छ । विभिन्न देशहरुमा छरिएर रहेका प्रवासी स्याङ्गजावासीहरुलाई एकजुट बनाउने उद्धेश्य अनुरुप जिल्लामा अन्तराष्ट्रिय सम्न्वय समिती क्रियाशिल छ साथै मानविय कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरुप जिल्लामा रु १५ लाखको अक्षयकोष स्थापना गरेकोे छ ।  





 
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi