भारतीय सवारीमा कडाइ गरेपछि आपराधिक घटनामा कमी - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » भारतीय सवारीमा कडाइ गरेपछि आपराधिक घटनामा कमी

भारतीय सवारीमा कडाइ गरेपछि आपराधिक घटनामा कमी

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:38 PM

गौशाला, १ चैत । भारतीय सवारीमा कडाइ गर्न थालेपछि महोत्तरी जिल्लामा आपराधिक घटना र बढ्दो लागुऔषध ओसारपसार नियन्त्रणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानबाट केही दिनदेखि दैनिक दर्जनभन्दा बढी सवारी नियन्त्रणमा लिई छानबिनपछि प्रहरीले छाड्ने गरेको छ । छानविनका क्रममा केहीलाई अनुसन्धानको दायरामा समेत राखिएको छ ।
भारतीय नम्बर प्लेटको सवारी चढेर आउने र घटना गराएर सवारी नै छाडेर भाग्ने प्रवृत्तिले जिल्लामा थप समस्या आएकाले भारतीय नम्बर प्लेटका शङ्कास्पद सबै गाडीलाई नियन्त्रणमा लिएर छानबिनपछि मात्र छाड्ने गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयोे ।
ट्राफिक प्रहरीको सहयोगमा यस्ता सवारीको लगत राख्न थालेपछि आपराधिक घटना र लागुऔषध ओसारपसारमा कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संविधानसभा निर्वाचनपछि जिल्लाको अवस्था खुकुलो पारिएको थियो । तर अवाञ्छित तत्वले यसलाई दुरुपयोग गर्न थालेपछि पुनः कडाइ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi