तनहुँ सेवा समाज द्धारा लोकदोहोरी गायक प्रेमराज महत लाई सम्मान - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » तनहुँ सेवा समाज द्धारा लोकदोहोरी गायक प्रेमराज महत लाई सम्मान

तनहुँ सेवा समाज द्धारा लोकदोहोरी गायक प्रेमराज महत लाई सम्मान

Written By नवराज "अटल" on Wednesday, April 16, 2014 | 3:22 PM

बिगत एक दशक देखि निरन्तर रुपमा बैदेशिक रोजगारीको शिलशिलामा कतार मा आइपुगेका तनहुँ वासीहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले यसै सात बरिष्ठ लोकदोहोरी गायक प्रेमराज महत लाई बिशेष कार्यक्रमका साथ् भेटघाट तथा सम्मान कार्यक्रम दोहाको रेस्टूरेण्ट टपफर्म मा १२ अप्रिलका दिन उल्लेखनिय तनहुँ बासीहरुको उपस्थितिमा सम्मान गरिएको छ ।  संस्थाका अध्यक्ष मुनाफ मियाँको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय गान बाट सुरु गरिएको थियो । कार्यक्रम मा संस्थाका प्रथम उपाध्यक्ष रित कुमार श्रेष्ठ को स्वागत मन्तब्य राखेका थिए । एनआरएनए एनसीसी का सल्लाहकार आर के शर्मा, बरिष्ठ संचारकर्मी किरण मरठ्ठा,पत्रकार महासंघ का अध्यक्ष रबि रोषी, एनआरएनए एनसीसी का युवा सयोजक नबराज बि .क ,तनहुँ समाजका संस्थापक सदस्य भिम बां थापा ,पूर्व अध्यक्ष धन बहादुर परियार , पूर्व अध्यक्ष निमलाल कुमाल महिला समाज की अध्यक्ष रेखा राई लोकतान्त्रिक मंञ्च सचिबालय सदस्य रामहरी गैह्रे सस्थाका पूर्व महासचिब राजेश पन्थ पूर्व सल्लहाकार श्रीराम पौडेल, दिपक खड्का, तोयानाथ पौडेल लगायत का बक्ताहरुले प्रेमराज महतले नेपाली साङ्गितिक क्षेत्रमा पु¥याएको योगदान को चर्चा गरे । प्रेमराज महतले आफु कतारमा आएर सम्मानित हुन पाउँदा खुशी ब्यक्त गर्दै नेपाल देखि अमेरिका सम्मको अनुभूतिहरु बाढेका थिए । समय को परिवर्तन शिल संगै भूगोलले जहाँ रहे पनि आफु तनहुँ मा जन्मिए आज नेपालको गरिमा बढाउने कार्यमा लागि परेको भन्दै अमेरिका मा नेपालीकला संस्कृतिलाई चिनाउने कार्य मा अग्रसर रहेको जानकारी दिए ।
  सोहि अवसरमा महतले क्षेत्र प्रताप अधिकारी को सृजनामा तनहुँ सम्बन्धि लेखिएको मिठो गीत प्रस्तुत गरि कार्यक्रम संगीतमय बनाएका थिए । महतले समाज सेवामा समेत मा आफु लागि पर्दै आएको जानकारी दिदैं छिट्टै तनहुँमा आर्थिक बिपन्न भएका हरुलाई गाविसहरुमा बाख्रा पालन का लागि सहयोग गर्ने बताएका थिए ।
सो सम्मान कार्यक्रममा संस्था का सचिब सुर्य लम्साल, सहकोषाध्याक्ष गणेश बानियाँ सदस्य बिकाश सुनार लगाएत ले महत संग भेट हुन पाउँदा खुशी ब्यक्त गरे । सोहि सम्मान कार्यक्रममा तनहुँ सम्पर्क मंञ्च कतारले सम्मान पत्रको साथमा खादा ओढाएर सम्मान गरेका थिए । भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव प्रेम थापा ले गरेका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi