झापामा प्रवेशिका परीक्षा दिनबाट एक हजारभन्दा बढी वञ्चित - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » झापामा प्रवेशिका परीक्षा दिनबाट एक हजारभन्दा बढी वञ्चित

झापामा प्रवेशिका परीक्षा दिनबाट एक हजारभन्दा बढी वञ्चित

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:30 PM

काँकडभिट्टा (झापा), २९ फागुन । झापामा आगामी चैत ६ गतेदेखि हुने एसएलसी परीक्षामा एक हजार १४३ जना विद्यार्थी हाजिरी नपुगेका कारण परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।
कक्षा १० मा ७५ प्रतिशत हाजिरी नपुगेका र बीचमै पढाइ छाडेका कारण उनीहरू परीक्षाबाट वञ्चित हुने भएका हुन् । शिक्षा नियमावलीअनुसार ७५ प्रतिशत हाजिर पुगेका र नियमित विद्यार्थीलाई मात्र परीक्षामा सामेल गराउने भन्ने प्रावधानले यी विद्यार्थी एसएलसी दिनबाट वञ्चित हुने भएका हुन् ।
झापामा यस पटक दुई वटा परीक्षा केन्द्र थप गरेर जम्मा ५० वटा पु¥याइएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी नियमिततर्फ १२ हजार २३३ परीक्षार्थी रहेका छन् भने एक्जाम्टेडतर्फ तीन हजार ४०८ विद्यार्थी सहभागी हुनेछन् । विद्यालय निरीक्षक सुरेन्द्र दाहालका अनुसार भुटानी शरणार्थीहरुले बीचैमा विद्यालय छाड्ने र विदेशमा पुनःस्थापनामा जाने भएकाले यस पटक धेरै जना परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
उहाँले परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै विद्यालयमा पु¥याइसकेको बताउनुभयो । रासस
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi