वासुलिङ्ग सुगर मिल पुनःसञ्चालन गर्ने प्रयास हुनेछ ः उद्योग मन्त्री थापा - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » वासुलिङ्ग सुगर मिल पुनःसञ्चालन गर्ने प्रयास हुनेछ ः उद्योग मन्त्री थापा

वासुलिङ्ग सुगर मिल पुनःसञ्चालन गर्ने प्रयास हुनेछ ः उद्योग मन्त्री थापा

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:33 PM

धनगढी, २९ फागुन । उद्योग मन्त्री कर्णबहादुर थापाले कैलालीको चुहा गाविसस्थित बन्द अवस्थामा रहेको वासुलिङ्ग सुगर मिल पुनःसञ्चालनका लागि आफूले पहल थाल्ने बताउनुभएको छ ।
बुधबार सुगरमिलको निरीक्षणका क्रममा मन्त्री थापाले मिल सञ्चालनको विषयलाई सरकारको आर्थिक नीति तथा कार्यक्रममा समेटेर पुनः सञ्चालनको पहल गर्ने अश्वासन दिनुभयो ।
त्यस अवसरमा उपस्थित स्थानीय कृषकले सुगरमिल सञ्चालनका लागि सहयोग गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए ।
विसं २०५४ मा स्थापना भई केही वर्षसम्म चिनी उत्पादन गरेको यो मिल तत्कालीन द्वन्द्वलगायतका कारण विसं २०५८ देखि बन्द हुन पुगेको थियो । उद्योग मन्त्रालयको एक टोलीले केही वर्षअघि उक्त मिलको वस्तुस्थिति सम्बन्धमा अध्ययनसमेत गरेको थियो ।
मिल बन्द भएपछि किसानबाट खरिद गरिएको उखुबापतको झन्डै रु तीन करोड भुक्तानी दिन बाँकी रहेको बताइएको छ । बन्दले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका सयाँै व्यक्ति बेरोजगार भएका छन् । रासस
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi