सप्तरीमा दाइजो लिनेसँग अदालतले लियो ढेड लाख धरौटी - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » सप्तरीमा दाइजो लिनेसँग अदालतले लियो ढेड लाख धरौटी

सप्तरीमा दाइजो लिनेसँग अदालतले लियो ढेड लाख धरौटी

Written By नवराज "अटल" on Wednesday, March 5, 2014 | 3:25 PM


nepali-money-rupesसप्तरी, २१ फागुन । सप्तरी जिल्ला अदालतले दाइजोबापत नगद र गरगहना लिने यहाँका एक आरोपितसँग एक लाख ५० हजार धरौटी लिएको छ । सप्तरीको पत्थरगाढा गाविस–६ का ४५ वर्षीय राजकुमार साहसँग मङ्गलबार अदालतले धरौटी रकम लिएरमात्र पुर्पक्षका लागि रिहा गरेको छ ।
जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशमा आरोपित साह एक लाख ५० हजार धरौटीमा रिहा भएका छन् भने निजका बुबा ६२ वर्षीय विन्दु साह साधारण तारेखमा रिहा भएका छन् । राजकुमारका छोरा सन्तोषकुमार साह भने हालसम्म फरार रहेका छन् ।
आरोपित राजकुमारले २५ वर्षीय छोरा सन्तोषसँग सिम्राहा सिङ्ग्यौन गाविस–७ का जगतकिशोरकी छोरी २२ वर्षीया आरतीकुमारी साहसँग बिहे गर्न भनी बिहे अगावै दाइजो लिएका थिए । दाइजो लिनेहरुविरुद्ध जगतकिशोरले गत जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितद्वयलाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको थियो ।
राजकुमारले राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा आफ्नो नाममा रहेको बचत खाता नम्बर २१८००३३९८३१० मा ०६९ साल चैत २० गते एक लाख ५० हजार जम्मा गराउन लगाएका थिए । आरोपितहरुले ०६९ साल चैत २५ गते दाइजोस्वरुप थप रकम, मोटरसाइकल र सुन माग्दै नदिए बिहे हुँदैन भनेर लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित पक्षले प्रहरीमा मुद्दा चलाएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi