२६ जनाको मनोनयन छिट्टै हुन्छ : उप्रधानमन्त्री सिंह - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » २६ जनाको मनोनयन छिट्टै हुन्छ : उप्रधानमन्त्री सिंह

२६ जनाको मनोनयन छिट्टै हुन्छ : उप्रधानमन्त्री सिंह

Written By नवराज "अटल" on Wednesday, March 5, 2014 | 3:21 PM



prakash-man-singhपाल्पा, २१ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले केहीदिन भित्रै संविधानसभामा २६ जनाको मनोनयन हुने बताएका छन् । उनले प्रधानमन्त्री म्यानमारबाट फर्के लगत्तै छलफल सुरु हुने र टुंगो लाग्ने बताउनु भयो ।
पाल्पामा बुधबार बिहान प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले २६ जनामा विज्ञ र समावेशिता मिलाउने उल्लेख गरे । प्रतिबद्धता गरिएकै अनुसार अबको साढे १० महिनामा संविधान जारी हुने मन्त्री सिंहको भनाई छ ।
विगतको संविधानसभा एकिकृत माओवादीका कारण असफल भएको दावी गर्दै मन्त्री सिंहले अब कांग्रेस–एमाले सहमतिका आधारमा संविधान जारी गर्ने बताए । ‘सहमतिबाट संविधान सम्भव नदेखिए बहुमतिय प्रक्रियाबाट पनि संविधान जारी गरिने छ’ उनले भने ।
शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने दायित्व पनि यो सरकारका रहेको बताउदै मन्त्री सिंहले स्थानियको निर्वाचनका लागि आवश्यक ऐन कानुन संसोधनको प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिए ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi