डेंगुबाट एघारको ज्यान गयो, १५ हजार बिरामी - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » डेंगुबाट एघारको ज्यान गयो, १५ हजार बिरामी

डेंगुबाट एघारको ज्यान गयो, १५ हजार बिरामी

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:34 PM

सुभा, २९ फागुन । फिजीमा डेंगु ज्वरोबाट केही हप्तामा नै कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचार छ । साथै सो ज्वरोको प्रकोपबाट त्यहाँका कम्तीमा १५ हजार व्यक्ति विरामी परेका छन् । ती मध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने अधिकांश अस्पतालमै रहेका पनि बताइएको छ ।

फिजीको स्वास्थ्य मन्त्रालयले उक्त प्रकोपलाई कमगर्नका लागि विशेष अभियान पनि सञ्चालन गरेको छ ।
तर पनि फिजीमा केही समययतादेखि यो ज्वरोको प्रकोप बृहत रुपमा बढेको छ । अधिकारीहरुले यसका लागि सञ्चालित अभियानको प्रभावकारिता बढाउन माग गरिरहेका छन् ।

उक्त अभियानका लागि चीन लगायतका देशहरुले फिजीलाई सहयोग पनि गरिरहेका बताइएको छ । यस प्रकोपले महामारीको रुप लिनसक्ने त्रासमा फिजीका अधिकारीहरु रहेका बताइएको छ । एजेन्सी
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi