कारबाहीमा २६ तालिवान मारिए - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » कारबाहीमा २६ तालिवान मारिए

कारबाहीमा २६ तालिवान मारिए

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:36 PM

काबुल, २९ फागुन । आफगानिस्तानमा त्यहाँको संयुक्त सुरक्षाबलको कारबाहीमा परी बिहीबार कम्तीमा पनि २६ जना तालिवान मारिएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारमा पश्चिमी अफगानिस्तानमा बुधबारदेखि बिहीबार बिहानसम्म जारी राखिएको कारबाहीका क्रममा परी २६ जना तालिवान लडाकूको मृत्यु भएको जनाइएको छ ।
तालिवानहरुले सशस्त्र विद्रोह जारी राखेको अफगानिस्तानको पश्चिमी भागका विभिन्न स्थानमा गरिएको तालिवानविरुद्धको कारबाहीका क्रममा ती लडाकू मारिएका पनि गृह मन्त्रालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरीले गरेको यस कारबाहीमा परी अन्य १७ जना सशस्त्र विद्रोही पनि घाइते भएको जनाएको छ ।
साथै हतियारधारी ११ व्यक्ति पक्राउ परेको गृह मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । ती स्थानमा अफगान सेनाले कारबाही जारी नै राखेको पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा सेना र नेटोसँगआवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले विगत सन् २००२ देखि नै तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।
यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकोले त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ ।
अफगानिस्तानमा आगामी अप्रिल महिनामा हुन लागेको राष्ट्रपतीय निर्वाचन बिथोल्नका लागि विभिन्न आक्रामक कारबाही गरिने धम्की त्यहाँका तालिवानहरुले सोमबारै दिएका थिए ।
सो धम्कीपछि अफगानिस्तानमा निकै नै कडा सुरक्षा व्यवस्था गरिएको बताइएको समाचारमा उल्लेख छ । अफगानिस्तानका तालिवानहरुले सोही निर्वाचनलाई केन्द्रित गरी देशका विभिन्न भागमा हिंसा मच्चाउन सुरु गरिसकेका छन् । एजेन्सी
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi