अनिश खालिङ राईको जिवन रक्षाका लागी कतारबाट सहयोग - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » अनिश खालिङ राईको जिवन रक्षाका लागी कतारबाट सहयोग

अनिश खालिङ राईको जिवन रक्षाका लागी कतारबाट सहयोग

Written By नवराज "अटल" on Sunday, March 2, 2014 | 3:24 PM

घनस्याम पराजुली ,१८ फागुन, दोहा– यूएईमा मृत्युदण्ड सुनाईएका  संखुवासभा मत्स्यपोखरीका अनिस खालिङ राईलाई बचाउनका लागी गरिएको अभियानलाई कतारबाट रु ३ लाख ९७ हजार ४ सय बिस पठाईएको छ । राईलाई पाकिस्तानीक नागरिकको हत्याको आरोपमा त्यहाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजायबाट उनलाई बचाउनका लागी ब्लडमनी दिनुपर्ने हुन्छ । यूएई गएको ६ महिनामै हत्याको अभियोगमा जेलमा परेका उनको आर्थिक स्थिती कमजोर छ । उनलाई बचाउनका लाई विश्वभरी छरिएर रहेका नेपालीहरुले अनिश बचाउ अभियान सुरु गरेका छन ।

 कतारबाट किशोर सुनुवारको संयोजकमा रकम संकलन गरि उक्त अभियानका संयोजक नारद कुमार राई र अनिश खालिङको श्रीमती रबिता खालिङको संयुक्त नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता  न. ३७०७०१०००३७०४ मा पैसा पठाईएको हो । संयोजक सुनुवारले सहयोग गर्नुहुने नेपाल तामाङ्ग सेवा समाज , प्रवासी मगर संघ,भुजेल सेवा समाज , नेपाली महिला समाज , किरात रायृ योयोक्खा सुनार सेवा समाज , सुबो घलान,राजेन्द्र थापा,मेख कार्की, ठाकुर बिक,नुमा चाम्लिङ, राम बजगाई,राम वान्तवा,किरण लामा ,लोक बहादुर राई,तिर्थ याम्फु राई , गोपाल राई , जय राई, जहर सिं राई , रिम राई, दिल कुमार राइृ, राम बहादुर रायृ, दान पराजुली , सुभराज थापा, नरेन्द्र राई , जित बहादुर राई, मित्र राई, सम्भु दाहाल , मन्चन बस्नेत, बिमल सुनुवार, राम बहादुर मगर , जे.बि. हमाल , प्रेम लामा साथै सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिए ।

उनलाई बचाउनका लाई अभियान सुरु भएसँगै बिभिन्न मुलुकमा रहेका गैर आवासिय नेपाली संघ, प्रवासमा स्थापित संघ संस्थाहरु साथै व्यवसायीहरुले उनको जिवन रक्षाका लागी सहयोग रकम जुटाईरहेका छन । अनिशलाई सहयोग गर्न चाहानेहरुले उनकी श्रीमती तथा अभियानका संयोजक नारद कुमार राइको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता  न.ं ३७०७०१०००३७०४ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi