भुवन पौडेल
उनको मनोभावनाले काँचुली फेर्ने कुनै संकेत नदेखेपछि आफुलाइ बलियो बनाउँदै थियो ऊ । निश्चिन्त थियोः बिनितासँगको सम्बन्ध उस्तै हो, जस्तो चितामाथिको मानवशरिर, पूर्णविराम लागिसकेको यो दुःखदायी प्रेमिल सम्बन्ध (भनौँ या विग्रह) लाई प्रेमका कुनै घाटेबैद्यले बौराउन सक्ने छैनन् ।
संसारिक मोहलाई चटक्कै बिर्सेर आरामदायी बिछ्यौनामाथि चिर निन्द्रामा रमेको भौतिक मानव सरिर जस्तै भयो विनितासँगको सम्बन्ध, मनले त्यसलाई अन्तेष्टि नगरुञ्जेलमात्रै त्यसको अस्तित्व बाँकी रहनेछ, त्यसपछि महाशुन्य ।
‘...टेक केयर,...बाई...’ यी तीन शब्दले मन यसरी बटारियो कि उ सिमलको भुवादार रुखबाट एकाएक मरुभुमीमा पुग्यो । रुनु, रिसाउनु, अरुको बोली मन नपर्नु, भोक नलाग्नु, बाँच्नलाई खान खोज्नु तर नसक्नु...अहो यी शब्दले कस्तो भुमरी घुमायो हृदयको अन्तस्करणमा, जसले शरिरलाई पनि डोहोर्यायो ।
अचानक हातेफोनमा कसैले पठाएको सन्देशसुचक धुन बज्नु, आत्तिँदै त्यसलाई पढ्नु, अन्तेष्टिको सन्निकट पुगेको सम्बन्ध जोडिनेगरि मनमा संगीतका हजार धुन बज्नु, र अन्तमा दुखिया सम्बन्धलाई झनै दुख्ने गरि विनिताले टेक केयर बाई भन्नु ।
कस्तो परिक्षा जिन्दगीको ?
सायद आमाले भन्नुभएको साँचो होः जब मनको सामुन्द्रिक तटमा जोडको धक्का महशुस हुन्छ, त्यसले कि त राम्रो कि त नराम्रो भविष्यको संकेत गर्छ, उस्तै थियो विनिताको सन्देश ।
जीवनमा हजार संकेत हुन्छन् त्यसलाई बुझ्नुपर्छ । आखिर जीवन संकेतै संकेतको जमात हो । टेक केयर बाई लेख्नुको अर्थ विनिता काठमाडौं आउनु पनि हो।
शिक्षिका विनिता विद्यालयका भाईबहिनीलाई शैक्षिक भ्रमण गराउन काठमाडौं आएकी कुरा विश्वासले थाहा नपाएको होईन, तर यसैउसै अव्यक्त पीडा, करकापमा कसेको मनको डोरी कुरै कुरामा फुस्किने डर, त्यसैले विनितालाई सञ्चार सम्पर्क गर्न र बह पोख्न उचित ठानेन उसले । विनिताको सन्देश आउनु नै नसोचेको कुरा भयो । मन र शरिर दुवै काँपे सन्देशले । चिसो पानीले बैराग्य चिस्याउन खोज्यो, थाहा भैगो, मनको अर्को कुनामा जीवित रहेछ । एकपटक विनिताको अनुहारलाई देख्ने रहर ।
फोनमा कुरा गर्दा समेत दाँत ठोक्कीएका थिए विश्वासको, सायद विनिताले महशुस गर्न भ्याईन् । यसरी हतारियो मनः जसरी सलह खान हतारिन्छ । यति लामो समयान्तरपछि जुटेको संयोग, तर भेट्ने कसरी ? के कुरा गर्ने ? कसरी आँखा जुधाउने ? सोच्दै नसोचेको भेट, जुन भेट गर्न विश्वासलाई चाहिन्थ्यो विनिताको समय । जबकी सोचेकै थिएन उसले : विनितासँग मेरा लागि भेट्ने समय पनि छ ।
सन्देशको १२ घन्टापछि उसैगरि फोन आयो । दिन पनि सम्झना छ उसलाई –शुक्रबार । अपराह्न, घाम डुब्न लागेको छ । निवासबाट गोङगबुको आकासे पुलको गतब्य निर्धारण गरी निस्क्यो विश्वास । ४ कल फोन र १५ मिनेटको पखाईपछिको भेट, जम्माजम्मी १० मिनेटको वार्तालाप ।
के छ ?
ठिक छ ।
कहिले आएको ?
हिजो ।
कहिले जाने ?
भोलि ।
अहिले समय कति छ ?
२ पटक फोन आइसक्यो, उठाएकी छैन ।
पुरापुर संवाद यत्ति नै । विनीतालाई देखेपछि कम हुँदै गएको शरिरको कम्पनले अंकमालै गरेर अत्यास मेटाउने सोचलाई साथ दिएन । फोन फोन भन्दै संवाद रोकेपछि कतै बसेर चिया पिउने बहाना पनि सकियो। आखिर मनले विनितालाई देख्न भनेको थियो, न कि सस्तो स्वादहिन चियाको नीलो रङलाई ।
बरु, मनले अनुभुत गर्न सके राम्रोः सम्बन्धको अनौठोपनलाई । औपचारिक सम्बन्धबिनै मानव मनलाई तरंगित तुल्याई एक अनौठो आकर्षणको भाव दिने, वर्षौं चिनेको र संगत गरेको हाड नाता भन्दा नजिककको महसुस गराउने प्रेम बुझ्न खोज्नु, तर नसक्नु । विनितासँग भएको यही हो : शारिरिक सम्बन्धको बाध्यात्मक बन्धन बिनै एउटा मनको चुचुरोबाट अर्को मनको चुचुरोसम्म बन्धनको बलियो धागो टाँगिन खोज्यो, आफसेआफ, विना योजना, विना तयारी ।
आमाले भन्नुभएजस्तै, समुन्द्र तटमा आएको आँधीको धक्काले दूईवटा किनारका ढुँगालाई एकै स्थानमा ल्याउन खोजेजस्तै ।
ट्राफिकको सिठ्ठी, बाटो लाग्नै पर्यो ।
आँखाले आँखालाई हेरे, आँखाकै भाखामा सकियो त्यो भेट ।
ट्राफिकले पनि लखेटेको होईन, नुनको सोझो मात्रै गरेको। मोटरसाईकल नभएको भए पैदले विश्वासले ट्राफिकको सिठ्ठी खानु पर्दैनथ्यो सायद। निमार्णका लागि भत्काइएका धुलाम्मे सडक, साँझको समयमा धुलोले समेत रात छिटो छिप्पीनको लागि सहयोग गरिरहेको थियो । त्यो निर्माणाधीन सडकको अस्तव्यस्ततालाई सपार्न प्रयासरत सरकारी पात्रलाइ गली गर्दै उ छुट्टियो । विनितालाई ‘गएँ है’ भन्न पनि बिर्सेन ।
केहि पर माछापोखरी पुगेर पुनः फोन गरी उनलाइ भेट्न उत्तीकै आतुर भई सञ्चार गर्यो । सञ्चारमा विनीताको जवाफ थियो त्यसो हो भने हुन्छ तर केहि समय लाग्छ। विश्वासले अस्थायी पार्किङ खोज्यो तर, सुरक्षित महसुश नभएकाले गणेशस्थान हुइकीन्छ ।
मोटर बाइक दाईलाई जिम्मा लगाइ पुनः बसपार्कको मुलद्धारको गन्तव्य निर्धारण गरी पैदल यात्रामा निस्केको विश्वास नयाँ बसपार्क प्रबेश द्धारको अकासेपुल हुँदै सूर्यको अन्तिम रातो किरणलाई नियाल्दै विनीताको खोजीमा अघि वढ्यो।
सामान्यतः काठमाडौ सहरका सहरबासी व्यस्त हुने भएकाले यसलाइ व्यस्त सहर भनीएको होला । व्यास्त सहरमा बढेको बेरोजगरी समस्याको परिणाम स्परुप आकासे पुलमा अटसमटस गरी धुलाम्मे सडकमा देखिएको गाडीहरको ताती तथा गतन्वे तर्फ लम्केका बटुलाई नियाल्ने मानिस पनि उत्तीकै थिए । पुलमा केहि सामान बिक्री गर्न व्यस्त थिए त कोहि किन्न....विनीता.. ले नै मोलमोलाइ गरे जस्तो मानेर विश्वासले हेर्यो (यतीमा हुदैन ? होइन दाइ ,मेरै यती परेको छ।
मिल्दै मिल्दैन ।)तर त्यती नजीक थिएन उसको क्षितीज।
कसले के सोच्छ भन्दा पनि विश्वास आफ्नो उद्देश्य के हो भन्नेमा केन्द्रित भई अगाडिको चाइनिज समानको व्यवस्थित कारोबार गर्ने विशाल भवन कान्तिपुर मलमा भेटघाट गर्ने तेस्रो योजना अनुरुप नै अघि बढ्यो ।
असक्त शरिर, पुसको चिसो मौसम नाकमा कालो माक्स लगाई अग्लो कदको आफूलाइ निकै बिजी जस्तो देखिने गरी हातमा मोवाइल बोकी पाइला लामा बनायो विश्वासले । मान्छेको स्वभाव हुँदो रहेछ एक न एक चीज हातमा खेलाउने त्यो लतवाट आफू पनि टाढा नरहेको इगिंत गर्दै धित मार्न विश्वास प्रयाः हातमा मोवाइल खेलाइरहन्छ ।
कान्तिपुर मलको लवीमा पुगेर टक्क अडियो दायाँ बायाँ हेर्यो । मोवाइल खोलाउँदै मनमा उनीसँग बार्तालाप गर्ने विषयलाई एक पछि अर्को गर्दै बढाउदै थियो । उ अस्थीर स्वभावमा जिवको सबैभन्दा ठूलो परीक्षा नै उनलाइ भेट्ने हो जस्तो गरी नीकै चलाखीपूर्ण दायाँ बायाँ नियाल्दै थियो ।
मलको आउने आगुन्तुकको थकान मेट्नका लागि सहज होस भनी लबीमा राखीएका मध्ये छेउको कुर्सीमा बस्यो । उसलाई हतार मात्र भैरहेको थियो । विश्वासको रक्त सञ्चारमा पनि उनलाइ नै देख्ने आतुरताको तिब्र गती प्रष्ट थियो । न त कैसैले देखेर सोध्ला भनेर डर थियो नत सारीरिक समस्या झनै बढ्छ की भन्ने, मात्र मनको तीर्सना थियो ।
मल पुगेको केहि बेरकै फोन गर्यो र सोध्यो हेलो तिमी कहाँ छौ ? म त कान्तिपुर मलमा छु । भनेपछि हामी पनि त्यहि आउदै छौ केहि समय ल भनी उनले विश्वासको पर्खाइलाई अझै लामो बनादिइन । पुनः फोन गर्दा कान्तिपुर मलमा नै भएको सञ्चार भएपछि करिब १५ मिनेको पर्खाइमा तीन पटक कान्तिपुर मलको तेस्रो तल्लामा र बेसमेन्ट गर्छ तर पनि देख्दैन । हरेस खाएपछि दोस्रो तलामा बायाँ पट्टिको एलिभेटर(विद्युतिय भर्याङ)को नजिकै रहेको स्टिलको रक्षाकबजमा आड लगायो ।
बाहिरको अन्धकार बलीयो हुदै गएको समयमा मल भित्रका कृतिम विद्युतीय बत्तीहरुबाट आएको प्रकास टल्कादा झनै आकर्षक देखिन्थ्यो त्यो रक्षाकबज । ‘कुन फ्लोर’मा भनेर एसएमएस लेख्दै गर्दा विश्वासको झुकेको शिर उठ्यो । सिर के उठाउको थियो सिधा अगाडिको दायाँ कुनावाट ४ जनाको झुण्ड निस्क्यो ।
त्यो भुण्ड उ तीरनै अघि बढ्दै गरेको देखेपछि विश्वासको मुटुको धड्कनको बगे झनै बढ्न थाल्यो । थोरै मानिसको झुण्डमा मध्यम कदकी एक युवती सेतो माक्स सहित कालो कोटमा देख्ने वित्तीकै उसको क्षितीज छुने कल्पना नजीक नै आयो। तर, त्यो समूहमा भएकी युवतीलाइ कसरी छुट्टाएर एक छिन कुरा गरी लामो समयको थकान छोटो अवधिमा मेटाउने सोच्न थाल्छ ।
जन्मैदेखि कमजोर व्यक्तित्व भएको विश्वासको अस्थिर उपस्थितिलाई उनले टाढैबाट पहिचान गरीन । तर, उनको मनमा पनि बलीयो इच्छाशक्ति थियो थिएन भन्दा पनि भेट भयो । विनिता विश्वासँग आएर केहि कुरा मात्र के गरीकी थिइन उनका सहयात्रीले उनलाई बोलाएपछि उनले विश्वासलाई पनि सँगै मल भित्र डुल्ले प्रस्ताव गरीन्।
सोहि मुताविक वहुत अड मानेर सारा पसल छाम मार्दै (बास्तवमै निर्दोश र कीन यसो गरीरहेको छु भन्ने मनगढन्ते प्रश्न उत्तर गर्दै हिडीरहेको थियो।) सँगै हिड्यो विश्वास।
मलबाट बाहिर निस्कदा काठमाडौको कृतिम दिन सुरु भैसकेको थियो । मललाई बिदा गर्नुभन्दा केहि समय अघि मलको सबैभन्दा तल्लो फ्लोरको दायाँ भागमा रहेको नयाँ बसपार्कको भित्रपट्टीको प्रवेश द्धारमा छोटो समय उनीहरु दुई मात्र भएर गफिएका थिए।
विश्वासले त्यो भेटमा किन सक्स नलगाएको भनेर सोध्यो? विष्णुमतीको पुल पारि भएको पहिलो भेटमा उसले विनीतालाई नियल्दा खुट्टामा सक्स नदेखेपछि यस्तो प्रश्न गरेको थियो। विनीताले मन्दिरमा जाँदा चप्पल बिना हिड्नु पर्दा फोहोर भएकाले गेष्ट हाउसमा खोलेर छोडेको जानकारी दिन्छीन ।
त्यो प्रतिजवाफको लगत्तै विकासले विनीताको चेहेरामा रहेको माक्स हटाउन अनुरोध गर्दै उनको उज्यालो तर थकीत मुहारमा एक नजर गहिरो गरी निहाल्यो । विनीताको निधारको पल्लो छेउमा प्रष्टसँग खुलेको बयस्क डन्डीपफोर तर्फ संकेत गर्दै के भएको भनी सोध्यो ? जवाफमा केहि नभएको अभिव्याक्ति दिँदै सुमसुमाउन थाल्छीन् ।
त्यतिनै बेला त्यो झुण्डले उनीहरु दुबैलाई विचलीत बनाउने गरी जाने संकेट गर्छ । केहि समय त उनका आफन्तलाई छलेर भएपनि गफ गर्ने प्रयासमा देखिएकी विनीतासमेत पूर्ण सफल हुन नसकेको प्रष्ट बुझ्यो विश्वासले। उनीहरुलाई
विचलीत बनाएपछि त्यो झुण्डाका एक सदस्यले ‘मगर’ भाषामा ठाडो प्रश्न गरे उनलाई ।
त्यो कुरा विश्वासले भेउ पाउन नसकेपछि विनीतासँग जिज्ञासा राख्छ । विनीताले त्यस जिज्ञासालाई खासै महत्व नदिई झुण्डमा सामेल भई आफूलाई नाजवाफ बनाउँछिन । उनीहरुको प्रश्नको जवाफ के दिइन विश्वासले पत्तै पाएन । तर, विश्वाससँगै आफन्तहरुलाई पनि साथ दिने जमर्को कस्छिन् विनीता र केहि हदसम्म सफल पनि भइन्। विश्वासले त्यो समूहमा भएकामध्ये उनलाइ मात्र चिन्दथ्यो त्यो पनि उसको जीवनको सबैभन्दा नजिकको एउटा पात्रको कल्पना गर्दै।
कान्तिपुर मलको बेसमेन्ट हुदै मित्रनगरको गन्तव्य तय गरी त्यो झुण्ड अघि बढ्छ । सोहि क्रममा विश्वासले केहि अंग्रेजी सब्द उच्चारण गर्छ, 'लेट देम वाइ एण्भिड सेल'। मित्रनगर क्षेत्र प्रबेश द्धारमा पुगी उनका साथीले केहि समान किनेका हुन वा जाने गन्तव्य भुलेर अलमल परि बसेका हुन निश्चित हुदैन विश्वास । तर, उ निश्चित थियो विनीताको चेहेरामा त्यहि एकीकृत हुन्छ जसलाई देख्न उ बैचैन थियो।
मित्रनगरको क्षेत्र बसपार्क नजिक भएकाले होला गेष्ट हाउसको व्यवसायले व्यस्त छ । हरेक गल्लीमा टागीएका बोर्ड होस वा भित्तामा लोखीएका शब्द सबै फरक–फरक गेष्ट हउसको विज्ञापन गरीएको छ । एउटै घरमा २ देखि ३ वटा सम्म गेष्ट हाउस छन् त्यो क्षेत्रमा ।
सायद गेष्ट हाउस नभएको घर नै छैन होला । उत्तीकै बारहरु पनि । बास्तबिक बनावट झुप्रो भएपनि कृतिम सजावटले आकर्षक बनाइएका ती बारका हरेक प्रबेश द्धारमा सजीएका पुष्ट २–३ युवतीको सदावाहार निमन्त्रणले झनै अकर्षण गर्ने त्यो क्षेत्र भित्र विनीतासँगै विश्वास पनि केहि भित्र जान्छ। आकर्षक त थिए ती मित्रनगरका बार तर, विश्वासका लागि बारको रक्सी मुलद्धारमा रहेका अर्धनग्न अधबैषे युवतीहरुसँगको व्यावसायिक सम्बन्धले उसको अन्तरमनको तिर्खा मेटाउन सक्ने अवस्था नभएपछि विचलीत भएन ।
ती युवतीवाट पाउने शारीरिक सम्बन्धको चरम आनन्द उत्कर्ष भन्दा पनि उनलाई हेरेर पछि लाग्दै नै विश्व जितेको महसुस गथ्र्यो विश्वास ।
विनीतासँग हिड्ने क्रममा एक बारको ढोकामा बसेर सजीएकी युवतीले चुरोट तानीरहेको तर्फ देखाउदै विश्वासले हेर्न आग्रह गर्छ । विनीताले उसको संकेतलाइ लक्षित गर्दै प्रतिउत्तरमा आफू जस्तै रहेको बताएपछि विश्वास स्तब्ध हुन्छ । वा ! क्या सन्तुलनको प्रतिउत्तर।
विनीतालाई देख्दैमा रमाएको बिश्वास हातको फोन बजेर एकाग्रता तोड्न बाध्य हुन्छ । फोनको जवाफ नदिए बस्न नसकेपछि उसले कुरा गर्छ । फोनमा कुरा गरेको भएपनि मन भने उनीबाट टाढा लगेको थिएन विश्वासले। कुरा गर्दा गर्दै उसको मोवाइलमा छुट्टै आवाज आउँछ ।
त्यो आवाज के भनेर उनले मोवाइको स्क्रीन हेर्छ । विनीताको एसएमएस देख्छ । उ पुन स्तब्ध हुन्छ । दायाँ बायाँ हेर्छ उसले कतै नेदेखेपछि उ भौतारिन्छ ।
फोन पनि अफूले पुन गर्ने शर्तमा राख्छ । ‘बाइ’ पिले भनी लेखिएको थियो एसएमएसमा।
मोवाइल हेर्दा मनको धित नमरेको महसुस भएपछि उसले विनीताकी बहीनीलाई केहि गुलीया मिठाइ पठाउने योजना रच्छ । सायद त्यो दिनमा विश्वासले उनी बाहेक सोचेको अन्य कुरा त्यहि नै थियो । सोहि सोचको जानकारी दिँदै उनलाई बाहिर आउन आग्रह गर्छ । उनी नमानीरहेको अवस्थामा उसले एकोहोरो पारामा चक्लेट किनीसकेको लिन नआए त्यहि फालेर जाने धम्कीपूर्ण अभिव्यक्ति सहितको एसएमएस गर्छ।
त्यसपछि पुन केहि बाहाना बनाएर उनी केहि युवतीको साथ बाहिर आई आँखाको इसारामा विश्वासलाई बोलाउँछीन्। विश्वास हतारमा केहि अघिको पसलसम्म जान इसारा गर्छ । उनले मानीनन् साथीहरुलाई छोड्न नसकेपछि विश्वास एक्लै नजिकको पसलमा हतारीदै २ प्याकेट किनी र बाटो वारी बसेर उनलाई बोलाउन थाल्छ । उनी आउन सकीन्न् ।
उनका साथीले के कामका लागि बाहिर आएका थिए। काम सकीएपछि उनीहरु हिड्दा उनी विश्वासबाट ठिक विपरीत भइ उनीहरुको पछिपछि गएपछि उसले हतारीएर चक्लेट दिन भनेर लम्केको मात्र के थियो । एक बारको प्रबेश द्धारको अघि पूग्यो ।
जहाँबाट विनीता अघि वढ्ने प्रयासमा थिइन्। उनको गती भन्दा अफ्नो छिटो नगरी उनको हात चपक्क समाच्छ । विश्वासको मनले त सोचेको थियो यसै गरी चपक्क कसेर काखीमै बसाउ । तर, काम एक मात्र थियो चक्लेट, त्यो उसले समातेको उनको दायाँ हातमा थमायो । हातमा थमाएको मात्र के थिए उनी एकोहोरो अगाडि बढीरहीन् किन फर्केर हेरीनन्, सायद रिस उठ्यो या भोलिपल्ट नै स्याङ्जा फकिर्ने भएकाले विश्वासलाइ थोरै समय छुट्याएको पश्चतापले उनलाई जलायो ।
ग्राहक आकर्षित गरी बारको व्यावसाय उकास्नका सजीएर मुल द्धारमा बसेमा अधबैस युवतीले त्यो दृश्य राम्रैसँग निहाले । ती यूवतीहरु पनि प्रेममा थिए वा छन होला भन्दै विश्वासले मनन गर्छ ।
अझै विश्वासको मन भरीएन । त्यसपछि उनीसँगको भेटघाटको धित मार्न विश्वास एक पसल अगाडि जान्छ । पसलेसँग चुरोट माग्छ । आफूसँग भएका खुद्रा सिक्काहरु बजाउदै दुई ओठको बिचमा चुरो च्यापी सलाइ पार्छ । धित मर्ने गरी एक सर्को तनेपछि वार र उनीसँगको भेटघालाई सम्झन्छ ।
चुरोटको पैसाका लागि तीनै सिक्का पसलेलाई बुझाउँछ । विश्वासले प्रेम विनीतालाई गरेको भएपनि मनको तिर्खा चुरोटको मद्दत मेटाउछ। उनीबाट प्रतिकारात्म अर्थात आफ्नो प्रमेको बदलामा उनीबाट पनि सोहि अपेक्षा गरी एकोहोरो प्रेमको नसाको मात चढेको विश्वास उनको अघिपछि हुँदा संसार विर्षेको भएपनि छुट्दा बाह्य निकोटीको नसाले झनै बलीयो भइ मस्त संग चुम्मन गरीनै रह्यो त्यही चुरोटको फिल्टरलाई । जबसम्म निकोटीनको नसाले उसको प्रेमको नसालाई माथ गर्दैन तवसम्म तानी नै रह्यो चुरोट पुनः संसार नै विर्सेर।
पैसाको मोहमा शरीर नै बिक्री गर्न तयार महिलालाई बाध्यता पनि हुन सक्छ । तर, बाध्यतामा मानवता बिर्सिएर शरीरनगर बनेको मित्रनगर क्षेत्रमा सरकारी सुरक्षा अधिकारीको समेत आवगमन छ । त्यो क्षेत्रमा हुनसक्ने अबैधानिक यौन क्रियाकलाप नियन्त्रणका लागि ती सुरक्षाकर्मी हातमा लाठो बोकेर उल्टै बारका युवतीलाइ जिस्काउथे भने कतै आफूहरु समाजको पहरेदार भएको दाबी गर्दै गाली पनि गर्थे ।
सुरक्षकर्मीका कारणले मात्र त्यस्ता क्रियाकलाप नियन्त्रण गर्ने प्रयास हुने भन्दा पनि समाजिक चेतना विस्तार गर्नुपर्ने विश्लेषण गर्छ विश्वास । मनमा डर पलाएको थियो विश्वासको पनि जब ती सुरक्षाकर्मीलाइ देखेथ्यो । उनको पर्खाइमा रहेको विश्वासले आफू कतै बारको ग्राहकको रुपमा प्रहरीको फन्दामा पर्ने हो की भनेर समेत सोचेको थियो ।
कसैको गरीखाने भाडो नै झत्काउन भन्दा पनि त्यसले गर्दा समाजमा हुनसक्ने बिकृती नियन्त्रणका लागि विकल्प खोज्नु पर्ने भन्दै विश्वास घोरीन थाल्छ । प्रेम शारीरीक सम्बन्धले नै विपरीत लिङगीको सम्बन्ध उत्कर्षमा पुग्ने होइन रहेछ भन्ने भान विश्वासमा बलीयो संग गड्यो ।
सारीरीक सम्बनधका लागि नै उनको पछि लागेको भए किन उनलाई देख्दैमा त्यस्तो प्रफुल्लीत भएको हुँ भनेर सेच्छ विश्वासले । किन ती युवती सँग जान सकेनी ? जस्ले बोलाइ रहेका थिए , जहा शारीरिक सम्बन्धको उच्च बिन्दु पनि महसुस गर्न सक्थे भनी विश्वासले आफैलाइ प्रश्न गर्छ । उनीहरुसँगै गएर रात विताउदा भन्दा विनितालाई देखेर आँखाको इसारमा बात गर्दा नै चरम आनन्द रहन्छ।
No comments:
Post a Comment