झापामा पहिलो पटक शनिबार ढाका टोपी दिवस मनाईएको छ।
'हाम्रो टोपी हाम्रो सान, नेपालीको पहिचान,' भन्ने मुल नाराका साथ यो दिवस मनाईएको हो।
दिवसको अवरस पारेर सयौ पुरुषले शिरमा नेपाली ढाका टोपी पहिरीएर बिर्तामोड बजार परीक्रमा गरेका थिए। ।र्यालीका प्रत्यक्षदर्सीले कुनै आन्दोलनको नारावाजी भएको महसुस गरेका थिए । तर, लाईनमा सबैका शिरमा नेपाली टोपी देख्दा कुनै चेतनामुलक र्याली भएको अड्कल काटेर र्यालीमा सहभागी भए।
जानकारका अनुसार यो दिवस झापामा मात्रै नभएर मुलुककै पहिलो दिवसका रुपमा मनाईएको छ। विगत वर्षको मार्च १ का दिन 'द आर्ट अफ लिभिङ'का अभियन्ता रविशंकरले बिर्तामोडमा आयोजीत एक कार्यक्रममा नेपालीहरुले आफ्नो पहिचान कायम राख्न टोपी दिवश मनाउनु पर्ने धारणा राखेका थिए। उनकै प्रेरणाले झापामा टोपी दिवस मनाईएको आयोजकले बताएका छन।
द आर्ट अफ लिभिङ बिर्तामोडको संयोजनमा झापा उध्योग बाणीज्य संघ शाखा बिर्तामोडले दिवसको आयोजना गरेको थियो। बिर्तामोडको अतिथि सदनबाट सुरु भएको र्याली मुक्ति चौक हुदै, कृषिथोक, काकरभिट्टा रोड, भद्रपुर रोड हुदै पुन मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो।
र्यालीमा सबै उमेरका पुरुषको सहभागीता रहेको थियो।
सभामा नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक तथा केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले अन्य देशमा पनि ढाका टोपी लगाइने भएकाले टोपी सम्बन्धी अध्ययन अनुसन्धानको आवस्यक्ता रहेको औल्याए। सभामा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलाराम कार्कीले अब बन्ने संविधानमा टोपी दिवश राख्नु पर्ने माग राखे।
सयौको संख्यामा ढाकाटोपी पहिरन सहित निस्किएको र्यालीमा बीरता जेशिज, प्रेश चौतारी झापा , रोयटरी क्लब, माडवाडी सेवा समिति लगायतको सहभागीता थियो।
No comments:
Post a Comment