हुम्ला, १९ फागुन । सदरमुकाम सिमीकोटमा तीन दिनसम्म हिमपात भएपछि करिब तीन फिट हिउँ जमेको छ । उत्तरी भेगका जनता सदरमुकाम आवतजावत गर्न सकेका छैनन् । हिमपातले गर्दा यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
मौसममा केही सुधार आए पनि चिसो अत्यधिक बढेको छ । बूढापाकाहरु वैशाख महिनासम्म पनि हिमपात हुने बताउँछन् ।
सदरमुकामदेखि ५० कोष टाढा पर्ने लिमी गाउँ विकास समितिका जनता कात्तिकको अन्तिम सातादेखि फागुन सकिन लाग्दा समेत हिमपातको समस्या झेलिरहेका छन् ।
सिमीकोट हवाई मैदानमा रहेको हिउँ फाल्ने काममा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसहित सम्पूर्ण कर्मचारी र ट्र्याक्टरसमेत परिचालन गरी हिउँ फाल्ने काम सम्पन्न गरिएको छ ।
No comments:
Post a Comment