एमाले नेता ज्ञवालीले भने- गृहबारे कसले झुट बोलेको ‘डिटेक्टर’ले परीक्षण गरौं - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » एमाले नेता ज्ञवालीले भने- गृहबारे कसले झुट बोलेको ‘डिटेक्टर’ले परीक्षण गरौं

एमाले नेता ज्ञवालीले भने- गृहबारे कसले झुट बोलेको ‘डिटेक्टर’ले परीक्षण गरौं

Written By Ram Gurung on Thursday, February 20, 2014 | 3:48 PM

८ फागुन, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गृह मन्त्रालय दिने सहमतिबारे कसले झुट बोलेको प्रहरीको डिटेक्टरबाट परीक्षण गर्न चुनौती दिएका छन् । सहमति नभइ एमालेले हचुवाको भएरमा व्यक्ति र पदबारे निर्णय नगरेको भन्दै उनले भनेका छन्-शंका लागे प्रहरीको लाई डिटेक्टर छ अरे, कसले झुठ बोलेको छ परिक्षण गरे हुन्छ ।’
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा एमाले प्रचार विभाग प्रमुख ज्ञवावालीले सरकार गठनका लागि समर्थन पाएपछि कांग्रेसले अर्को कुरा गरेर धोका दिएको आरोप लगाए । उनले भने-’गृह नदिने भनेर पहिला नै भनेको भए अर्कै कुरा हुन्थ्यो । समर्थन पाईसकेपछि अर्कै कुरा गर्नु धोका हो । एमालेलाई महिला वा विज्ञान मन्त्रालय दिने सहमति गरेर नदिएको भए पनि एमाले सरकारमा जाँदैन थियो ।’
ज्ञावलीले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने क्रममा कांग्रेस र एमालेवीच तीन खाले सहमति भएको बताए । दुई दलका अध्यक्षले हस्ताक्षर गरेको लिखित सात बुँदे सहमतिसँगै राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउने र संविधान जारी भएको ३५ दिन भित्र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्रीको निर्वाचन गराउने ब्यवस्था संविधान सक्रमणकालिन ब्यवस्थामा संविधान संशोधन गरेर राख्ने विषयको ड्राफ्ट बने पनि हस्ताक्षर नभएको र प्रधानमन्त्रीसहित १३ मन्त्रालय कांग्रेसले राख्ने र उपप्रधान तथा गृह मन्त्रालयसहित १३ मन्त्रालय एमाले राख्ने तर, अरु दल आउने भए दुबैले समान रुपमा मन्त्रालय छाड्ने मौखिक सहमति भएको बताए ।
गृह मन्त्रालयको विषयमा पार्टीले गरेको निर्णयमा कुनै पुनरावलोकन नहुने स्पष्ट पार्दै ज्ञवालीले सहमति पालना नभए एमाले लतारिएर सरकारमा नजाने स्पष्ट पारे । उनले भने-कांग्रेसले सहमति कार्यान्वयन नगरी धोक दिए हामी बाहिरै बसेर समर्थन दिन्छौ । बैकल्पिक सरकार निर्माणमा लाग्दैनौं ।’ तर, सरकारलाई कति दिन सम्म समर्थन कायम रहन्छ भन्ने कुरा सरकारको काममा भर पर्ने उनको भनाइ छ ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi