निशुल्क टिकटमा फुटबल हेर्दा कार/मोबाईल पर्ने - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » निशुल्क टिकटमा फुटबल हेर्दा कार/मोबाईल पर्ने

निशुल्क टिकटमा फुटबल हेर्दा कार/मोबाईल पर्ने

Written By नवराज "अटल" on Tuesday, May 6, 2014 | 3:43 PM

नवराज वि.क,दोहा (कतार)- कतारको  अलसाद   रंगाशालामा खेल हेर्न आउने दर्शकहरुका लागी लक्की ड्र मार्फत टोयटा कार एक जनालाई साथमा ३० थान मोबाईल लगायत अन्य विविध उपहार पाउने भएका छन ।

नजिकिदै गरेको २०२२ को विश्वकपको यात्राउन्मुख रहेको कतारमा खेलकुदलाई निकै महत्व दिदैं आइरहेको छ । कतारको स्थानिय क्लब अलअहली र अल सैलिया बिच आगमी शनिबार १० मे का दिन वेलुका ५:१५ मा अलसाद रंगाशालामा प्रतिस्पर्धात्मक खेल हुने भएको हो ।

 खेलमा नेपाली दर्शकहरुको लागी समेत निशुल्क प्रवेश तथा पहिला आउनेहरुको आधारमा प्राथमिकता दिईने भएको छ । कतारको स्थानिय समय अनुशार दर्शकहरुको लागी प्रवेशद्वार बेलुका ४ः०० बजे बाट नै खुल्ला गरिने आयोजकले जानकारी दिएको छ ।

कतारमा नेपालीहरु फुटबल खेल प्रति निकै बढि प्रशंसक रहेका छन्  हामीले नेपाल र कतार बिचको खेलकुद सम्बन्धलाई अझ मजवुद बनाउन र नेपाली समुदाय र स्थानिय क्लवहरु विच सकरात्मक सम्बन्ध स्थापित रहने समाजसेवी रामहरी गैरेले बताएका छन ।

उक्त अबसर अलअहली क्लब निकट रहेर नेपाली समुदाय संग समन्वयकारी भुमिका चितवन युवा समुह दोहा, कतारले गर्दै आईरहेको छ । चितवन युवा समुहले यस भन्दा अगाडीको खेलहरुमा समेत उल्लेखनिय नेपाली दर्शकहरुलाई खेल हेर्न वातावरण मिलाउँदै आईरहेको  छ भने केही हप्ता अगाडि अलअरबी स्र्पोटस कल्बमा नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेलमा नेपाल बाट ख्यातिप्राप्त कलाकार मिलन अमात्य ,प्रेमराजा महत र मिलन लामा लाई आमन्त्रण गरी झन्डै १० हजार भन्दा बढि नेपालीलाई एकै ठाँउमा सहभागी गराउन समेत सफल रहेको थियो ।

आउँदो शनिबार सम्पन्न हुन गइरहेको  यस  अलअहली कल्ब र अलसैलिया बिचको खेल हेर्न वा विस्तृत जनकारीका लागी आयोजकले विभिन्न व्यक्तिहरु थ्प जानकारीका लागी जानकारी लिना पनि सक्ने आयोजकले बताएको छ  ।

सम्पर्क व्यक्तिहरु
रामहरी गैह्रे(५५८३६१८९)सँग सम्पर्क गर्न सकिने छ ।साथै अन्य गतिविधि जनकारीको लागी चितउन युवा समुहका भूमिराज कार्की ७००५००६८, रामबाबु थापा ५५८७९३४८, अमर श्रेष्ठ ७०३३४४०६, इश्वर पौडेल ५५६६४७३१, बिष्णु रेग्मी ३३९१४८००, राम श्रेष्ठ ७००५५४४७, होमनाथ पौडेल ७०१२७००१, समीर खत्री ६६६४०२४१ लाई सम्पर्क गर्न सकिन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi