साताको समय सन्र्दभ : श्रमिकहरु संगको कुराकानी - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » साताको समय सन्र्दभ : श्रमिकहरु संगको कुराकानी

साताको समय सन्र्दभ : श्रमिकहरु संगको कुराकानी

Written By नवराज "अटल" on Thursday, April 3, 2014 | 6:37 PM

बैदेशिक रोजगारीमा विभिन्न मुलुकहरुमा रहेका तथा जान इच्छुकहले २०१५ नोभेम्बर सम्ममा मेशिन रिडेवल राहदानी (एमआरपी) बनाइ सक्नु पर्ने प्रावधान नेपाल सरकारल तोकको छ । प्रचलनमा रहेको हस्तलिखित राहदानीहरुले त्यस पछि काम नगर्ने हुदाँ बेलैमा  प्रवासमा रहेका आम नेपाली श्रमिकहरु लाई निवेदन दिन आग्रह गरिको छ ।
यति खेर नेपाली राजदुतावास कतारमा एमआरपीका लागी आउनेहरुको भिड ब्यापक हुने गरेको छ । निवेदन दरखस्त गरी दिइएकाहरु लाई तिन महिनको अवधि दिई नयाँ एमआरपी लिन बोलाइएता पनि तोकिएकै समयमा प्रदान हुन सकिरहेको छैन् । निकै सास्ति खेप्दै आइरहेका कतारका श्रमिक नेपालीहरु सँग नवराज वि.क संगको कुराकानी :

 कृष्ण मगर
टापटिङ्ग–५ सोलुखुम्बु
आफ्नो मातृभुमी देखि दुरदराजको यो अर्काको ठाउमा रहदाँ पनि सरकारले जिम्मेवारीपुर्वक आफ्ना नागरिक प्रति ध्यान नदिनु आफैमा दुखदायी छ । हामी कहाँ थुप्रै समस्याहरु छन् । एउटै काम लाई लिएर पटकपटक धाइरहनु पर्छ भने अन्य समस्याहरु कसरी हल हुन सक्छ ।



पदम बा.गुरुङ्ग
 दहथुम –९ वयरघारी, स्याङ्गजा
नेपाल सरकारको कमीकम्जोरीले गर्दा श्रमिकहरु यहाँ नजानिदो ढङ्ग बाट धरै नेपाली दुख पाइरहेका छन् । नाताबाद कृपादबाद जड उस्तै तिब्र छ । सबै भन्दा पहिला सबैले नियम लाई पालना गनेै हो भने यस्तो अवस्था आउने थिएन ।






कुमार पाठक
 सुरुङ्गा–४ झापा
दुताबासमा कर्मचारीको अभावको कारण अत्याधिक मात्रमा मा कामको चाप बृद्धि भएर हुन सक्छ । तोकिएको समय तिन महिनको अवधिमा नै नयाँ एम आर पी राहदानी  समयमा प्रदान हुन नसक्नु जस्तो लाग्छ । बेलैमा सम्बन्धित निकायको ध्यानआर्कषण होस भन्न चाहन्छु ।



तोयनाथ पौडेल
 खैरेनीटार–६ तनहँु
नागरिकहरुको सहज ढङ्ग बाट सेवा प्रदान गर्नु राज्यको दायित्व हो ।  तर राज्यका हरेक निकायहरु बाट सोचे जस्तो सुविधा उपलब्ध प्रदान गर्न सकिरहेको छैन । त्यसैको उदाहरण हो नेपाली राजदुतावास कतार । कर्मचारीहरुको श्रमिकहरु प्रति पुर्वग्राहि छ । बोलि अनुसार ब्यवाहारमा उतारिदिने हो भने अनावश्यक दुख झेल्न पर्दैन थियो ।

चक्र बहादुर नेपाली
पौठाक–६ तेह्रथुम
दुतावासले सिफारिस गरे बमोजिम प्रकिया पु¥याएर पठाएको भए पक्कै पनि नेपाल बाट त समयमा नै आउनु पर्ने हो । कर्मचारीहरुको ठिलासुस्तिले गर्दा समयमा नै काम हुन नसकेको होला भन्ने मेरो ठम्याइ हो । मैले पनि नयाँ एम आर पी राहदानी  को लागी आवेदन दिएको छु चार महिनाको म्याद दिनु भएको छ । अरु के भनु दुतावासको नि आफ्नै मजबुरी होला ।

 भोज बा.गहा
 खानिछाप–४ पाल्पा
दुतावासमा कर्मचारीको अभाव र नेपालको अस्थिर राजनैतिक प्रभनव हो । समय मा नै सम्बन्धित निकायहरु श्रमिकहरुको हितमा लागी नपरे यस्ता समस्याहरु थपिदै जाने छन् ।
नेपालमा समेत एम आर पी राहदानी  नयाँ लिनको लागि त कति हन्डर खानु पर्ने अवस्था छ हामी त झन विदेशमा छौ । तोकिएको समयमा नै काम हुन्छ भनेर विश्वास गर्ने ठाउ नै छैन ।

सुर्य बहादुर वि.क
 पृथ्वीचोक–८ पोखरा
नेपालीहरु धेरै भएको ठाउँमा दुतावास मा पर्याप्त मात्रमा कमचारीहरुको ब्यवस्था हुने हो भने सायद यो अवस्था आउदैनथ्यो होला । भएका कर्मचारीले पनि तदारुस्थका साथ काम नगर्दा झमेला हुने र नेपालीहरुले दुख पाएका हुन । समाधानको बाटो तर्फ कसैको चासो गएको जस्तो मलाई लाग्दैन । बाकी उहाँहरु लाई नै सोध्नु होला ।


भिम बहादुर मगर
जन्तरखानी–६ ओखलढुङ्गा
मैले पनि राजदुतावास मा नयाँ एम आर पी मेशिन रिडेवल राहदानी का लागी आवेदन दिएको थिए तोकिएको समयमा नै पाएको हुँ । कप्युटर चलाउन जानेको भए आफैले हेर्दा पनि बनेर आएको नआएको जानकारी हुन्छ भन्नुभएको थियो तर आफुले सो ज्ञान नभएकाले केहि समस्या झेल्नु प¥यो । दुतावासका कर्मचारी ले फोल उठाइदिए भने पनि जान आउन टाइम खेर जादनथ्यो । समस्या भएको सबैलाई जानकारी छ अब सुधार गर्न तिर लाग्नु प¥यो यहि नै मेरो चाहना हो ।

 अनिल मगर
सेतिदेवी–६ काठमाण्डौ,
आखिर सरकारी कर्मचारी नै त परे ! कसले ध्यान दिएर काम गर्ने यहाँ नानी देखी लागेको बानी कहाँ हटेको छ र ? सरकार नै दाषी छ सबै भन्दा बढी श्रमिकहरुको हितमा  काम भए नभएको अनुगन नै नगर्नु तथा सरकारी निति नियम कडा नहुनु नै प्रमुख कारण हो ।





पुर्ण बहादुर मगर
टापटिङ्ग–२ सोलुखुम्बु
 श्रमिकहरु लाई हेर्ने राज्यको दृष्टि जब सम्म परिर्वर्तन हुदैन तव सम्म यहाँ नेपालीहरुले दुख पाइरहन्छन् । तिन महिना त के उस्तै प¥यो भने बर्ष दिन पनि हल्लाउन बेर लगाउदैनन् दुतावासका कर्मचारीहरु । आवेदन फर्म नै हराइदिएका हुन्छन् कसैको भने कसैलाइ यो भएन त्यो भएन भनेर दुख दिने गर्छन । दुतावासका कर्मचारीहरु डिउटी छोडेर गयो  काम भएको हुदैन कम्पनी ले विदा दिन गाह्रो मान्छ ।त्यसैले अब गल्ति  दोहो¥याउदै जाने नेपालीहरु दुख पाउदै जाने भन्दा नि सुधार गर्दै लगिदिए यो अर्काको देशमा साच्चिकै दुताबास अविभावकत्व भएको महशुस हुने थियो ।












Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi