प्युठान, १९ फागुन । साउदीमा मृत्यु भएका प्युठानका एक युवाको छ महिना बित्न लाग्दासमेत शव नेपाल ल्याइएको छैन । अर्खा–४ निवासी खिमे सुनार चन्द्रमा ओभरसिज काठमाडौंबाट चाइनिज कम्पनीमा कामका लागि जानुभएको थियो । गाउँबाट पैसा कमाउन भनी जानुभएका ३२ वर्षीय सुनारको गएको भदौ २२ गते मृत्यु भएको खबर घर परिवारले पाएका थिए ।पैसा कमाउने रहरमा विदेश गएको छोरोको मृत्यु भएको खबरले चिन्तामा परेका परिवारको आँखा अझै ओभाएको छैन ।
तिजको अघिल्लो दिन मृत्यु भएको जानकारी पाएका उनीहरुले त्यसपछि दिन आँसु झारेरै बिताएका छन् । ‘धन कमाउन गएका श्रीमान्को पैसा त आएन नै’, उहाँकी श्रीमती अमृताले भन्नुभयो, “मरेको लास पनि आज, भोलि आउलाभन्दा भन्दै छ महिना बित्नै लाग्यो ।”
सुनारको घरमा वृद्ध आमा र बुबासहित दुई छोरा र एक छोरी रहेका छन् । आर्थिकरुपमा विपन्न उहाँहरुको परिवार मृत्यु भएका सुनारसँगै आश्रित थियो ।
सुनार सुरुमा २०६५ सालमा पहिलोपटक साउदी जानुभएको थियो । त्यहाँ गएको दुई वर्षपछि ४५ दिनको बिदामा घर आएका उहाँसँगको भेट नै सुनार परिवारको अन्तिम भेट बन्न पुग्यो ।
विदेश पठाउने म्यानपावरमा गई पीडितका परिवारले सोधपुछ गर्दा बेवास्ता गरेको पीडित परिवारको दुःखेसो छ । छोरा मरेको पक्का भए पनि काजक्र्रिया गर्न नपाउँदा आफूहरु समस्यामा रहेको मृतकका बुबा ज्ञानबहादुरले बताउनुभयो ।




No comments:
Post a Comment