पाल्पा,
२१ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले केहीदिन
भित्रै संविधानसभामा २६ जनाको मनोनयन हुने बताएका छन् । उनले प्रधानमन्त्री
म्यानमारबाट फर्के लगत्तै छलफल सुरु हुने र टुंगो लाग्ने बताउनु भयो ।पाल्पामा बुधबार बिहान प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले २६ जनामा विज्ञ र समावेशिता मिलाउने उल्लेख गरे । प्रतिबद्धता गरिएकै अनुसार अबको साढे १० महिनामा संविधान जारी हुने मन्त्री सिंहको भनाई छ ।
विगतको संविधानसभा एकिकृत माओवादीका कारण असफल भएको दावी गर्दै मन्त्री सिंहले अब कांग्रेस–एमाले सहमतिका आधारमा संविधान जारी गर्ने बताए । ‘सहमतिबाट संविधान सम्भव नदेखिए बहुमतिय प्रक्रियाबाट पनि संविधान जारी गरिने छ’ उनले भने ।
शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने दायित्व पनि यो सरकारका रहेको बताउदै मन्त्री सिंहले स्थानियको निर्वाचनका लागि आवश्यक ऐन कानुन संसोधनको प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिए ।




No comments:
Post a Comment